पोखराबाट जादै गरेको जिप रोकी लुट्ने ३ जना पक्राउ

पोखरा, २ असार /म्याग्दीको रघुगंगा गाउँपालिका १ तिप्ल्याङ स्थित बेनी जोमसोम सडक खण्डमा जीप रोकेर लुट्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पोखराबाट मुस्ताङ तर्फ जाँदै गरेको ग १ ज ५९०९ नम्बरको जिपलाई अन्नपुर्ण गाउँपालिका ७ हिस्ताङ बस्ने १६ बर्षिय समित पुन, रघुगंगा गाउँपालिका १ टिप्ल्याङ बस्ने १६ बर्षिय १६ का यमस पुर्जा, पर्वत जिल्ला जलजला गाउँपालिका ३ पारी बस्ने १६ बर्षिय कुशल पाईजाले रोकेर लुटपाट गरेका थिए ।

जिप रोकी यात्रुहरुको साथमा रहेको नगद तथा झोलाहरु लुटि हिँडेका उनीहरुलाई जिपको चालक देवा बहादुर गुरुङले खबर गरे लगत्तै प्रहरीले ३ जनालाई नियन्त्रणमा लिई प्रहरीले जानकारी दिएको छ । उनीहरु माथि थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...