पोखराका ५ स्थानबाट जुवा खेल्ने ४० जना पक्राउ

पोखरा, २७ साउन/ कास्की प्रहरीले पोखराका विभिन्न ठाउँमा जुवा खालमा छापा मार्दा ४० जना पक्राउ गरेको छ ।

प्रहरीले नगद २ लाख ५८ हजार ३ सय २० रुपैया सहित ४० जनालाई पक्राउ गरेको हो । प्रहरीले पोखरा महानगरपालिका ५ प्रर्याङ स्थित विमला श्रेष्ठको घरमा डेरा गरी बस्ने कमला रानाभाटको डेराबाट जुवा तास खेली खेलाई रहेको अबस्थामा ४ बुक तास र जुवातास खेल्ने खेलाउने कमला रानाभाट समेत ८ जनालाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट १ लाख २१ हजार १ सय ४० रुपैया सहित पक्राउ गरेको हो । त्यसै गरि पोखरा महानगरपालिका बडा नम्बर ८ नागढुगा स्थित बालकृष्ण शर्माले संचालन गरेको निरज होटलको तेस्रो तल्लामा जुवातास खेलेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोलीले ४ बुक तास सहित जुवातास खेल्ने खेलाउने बालकृष्ण शर्मा समेत ७ जनालाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट ६२ हजार ८ सय ३५ पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
त्यसै गरि पोखरा ३२ झैरीचोक स्थित रामराज पौडेलको गोठमा जुवातास खेली रहेका र खेलाउने रामराज पौडेल सहित ११ जनालाई ३२ हजार ८ सय १५ नगद सहित नियन्त्रणमा लिई थप अनुसन्धान गरि रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले अर्को ठाउँ पोखरा महानगरपालिका वडा नं १६ दिप स्थित दुर्गा घलेको घरबाट ३ बुक तास, जुवातास खेल्ने खेलाउने दुर्गा घले समेत ८ जना व्यक्तिलाई २५ हजार २ सय सहित पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले पोखरा १० रामघाट स्थित बिष्णु गुरुङको घरमा उर्मिला लामिछानेले संचालन गरेको पर्वत होटल भित्र अबैध जुवातास खेल्ने खेलाउने बिष्णु गुरुङ समेत ६ जना व्यक्तिलाई नगद ३६ हजार ३ सय ३० सहित नियन्त्रणमा लिई थप अनुसन्धान गरि रहेको कास्कीका प्रहरी निरिक्षक गणेश सुबेदीले जानकारी दिए ।

कमेन्टहरु
Loading...