पोखरामा स्कोरपियोले ठक्करदिदा युवकको मृत्यु

पोखरा, १३ कार्तिक / पोखरामा दुर्घटना परेर एक जना युवकको मृत्यु भएको छ । मंगलबार पोखरा २६ तालचोकमा स्कोरपियोले ठक्कर दिँदा घाइते भएका स्कुटर चालक लम्जुङ बेसीशहरका २९ बर्षीय नन्द प्रसाद गुरुङको मृत्यु भएको छ ।

उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मुत्यु भएको प्रहरीले जानकारी दिएको छ ।  ग १ य ८७५ नम्बरको स्कोरपियोले दुई वटा स्कुटरलाई ठक्कर दिएको थियो ।

स्कोरपियोले ग १२ प ८८०० नम्बर र ग ९ प ५४८२ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ग १२ प ८८०० नम्बरका स्कुटर चालक गुरुङको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा अर्का स्कुटर चालक पोखरा ८ का ४६ बर्षीय अजित गुरुङ घाइते भएका छन् । उनको मेट्रोसिटी हस्पिटल पोखरामा उपचार भैरहेको छ ।

दुर्घटनामा घाइते भएका स्कोरपियो चालक पोखरा ३१ का ३५ बर्षीय कैलाश थापाको प्रहरी निगरानीमा मेट्रोसिटी हस्पिटल मै उपचार भैरहेको प्रहरीले जनाएको छ ।

कमेन्टहरु
Loading...