रंगशालाको प्यारापिट जिर्ण हुँदा दर्शक खतरामा

सागर राज तिमिल्सिना
पोखरा, १० फागुन /कार्यादेश नआउँदा पोखराको भिआइपी प्यारापिट दर्शकका लागि जोखिम बनेको छ । २०४५ साल र २०७२ सालको भूकम्पका कारण भिआइपी प्यारापिटले खतरा निम्त्याएको हो । प्यारापिटको माथिल्लो तलाको ढलान र पिल्लर ठाउँ ठाउँमा चकेको क्षेत्रिय खेलकुद समितिका अध्यक्ष खगराज पौडलले जानकारी दिए । ‘प्यारापिटको माथिल्लो तलाको ढलान, बिम र पिलरमा ठाउँ ठाउँमा चकेको छ,’ उनले भने, ‘चकेको भाग कति बेला खस्ने हो थाहा छैन ।’

रंगशालाको प्यारापिट जिर्ण हुँदा दर्शक खतरामा
रंगशालाको प्यारापिट जिर्ण हुँदा दर्शक खतरामा

चकेको भागबाट भित्र हावा पस्ता रडहरुमा खिया लागेको छ । उनले भने, ‘त्यसले गर्दा प्यारापिट अझ कम्जोर बनेको छ ।’ २०३९ सालमा निमार्ण भएको प्यारापिट बैशाख १२ गते गएको भूकम्पले भत्काउनु पर्ने अवस्थापमा पुगेको उनले बताए । काठमाडौबाट आएको प्रविधिक टोलीले खतरामा र भत्काउनु पर्ने भन्दै रातो स्टिकर टाँसेको थियो । माथिल्लो ढलान र रंगशालाको ट्रयाक निमार्णका लागि ४० लाख रुपैया छुट्टाइएको भए पनि कार्यादेश नआउँदा काम सुरु हुन नसकेको कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकारी दिए ।

‘रातो किताबमा बजेट परेर आएको छ,’ उनले भन,े ‘तर बजेट कार्यान्यनका लागि कार्यादेश आएको छैन ।’ कार्यादेश आएपछि बोलपत्र आव्हान गरेर प्यारापिट भत्काउने र ट्रयाक निमार्णको काम अगाडि बढ्ने उनले जानकारी दिए । प्यारापिट भत्काएपछि फुटबलको मैदान गुरु योजना अनुसार नै निमार्ण प्रक्रिया अगाडि बढाउने उनको भनाइ थियो । बरालले जिर्ण अवस्थामा पुगेको ट्रयाक निमार्णका लागि अघिल्लो वर्ष नै ३३ लाख रुपैयाँ आवश्यक पर्ने योजना खेलकुद मन्त्रालयलाई पठाएको बताए । ट्रयाकमा सुर्की हाल्नका लागि त्यति ठुलो बजेट आवश्यक पर्ने उनले जानकारी दिए । सुर्की इट्टालाई कुटेर निमार्ण गरीने मसिनो माटो भएका कारण खर्चिलो हुने उनले बताए ।

‘२०३९ सालमा निमार्ण भएदेखि नै सामान्य मर्मत सम्भार मात्रै हुँदै आएको छ,’ बरालले भने, ‘यस वर्ष पनि पुनर्निर्माण हुन नसके अर्को वर्ष ठुलो रकम खर्च हुन्छ ।’ ट्रयाकका सबै भन्दा तल राखिएका गिटिहरु देखिन थालेका उनले बताए । बरालले भने, ‘यस वर्ष निमार्ण नगर्ने हो भने अर्को वर्ष बताउदा एक करोड भन्दा बढि खर्च हुन्छ ।’ रंगशालामा बेला बेला भइरहने प्रतियोगिता हेर्नका लागि दर्शक त्यहा पुग्ने गर्छन् । बरालले ट्रयाकको पुनर्निर्माणका लागि करिब ३५ लाख र प्यारापिट भत्काउनका लागि ५ लाख खर्च लाग्ने अनुमान गरेको बताए ।

कमेन्टहरु
Loading...