पोखरा प्रिमिय लिगमा (PPL) पोखरा पल्टनको जितसँगै लिगको शीर्षस्थानमा

पोखरा, १७ कात्तिक / १६ औं ओभरमा अमरसिंह राउतेलाको बललाई मोहम्मद नाभेदले लगातार तीन छक्का हान्दै विजय आधार तयार पारेपछि नमस्ते प्रिमियर लिगमा(PPL) पोखरा पल्टनले हुलास काठमाडौं रोयल्सलाई चार विकेटले पराजित गर्दै शीर्षस्थानमा उक्लिएको छ ।

चार ओभर बाँकी रहदाँ मोहम्मद नाभेद चौथो बलमा राउतेलको बलमा आउट हुनु अघि आक्रामक व्याटिङ १५ बलमा ३६ रन जोडेपछि पोखरा पल्टनले सहज जित निकाल्यो ।

शीर्षस्थानको लागि निकै हतारिएको पोखरा पल्टनको विनोद भण्डारी र कप्तान शरद भेषवाकर शून्य रनमै डकआउट भएपछि जितको लागि निकै संघर्ष गरेको थियो । तर नाभेदले ५ छक्का हिर्काउँदै आफनो भूमिका निर्वाह गरी १००–६ को स्थितिसम्म पुर्याई जित तर्फ डोहोर्याए । उनी राउतेलाको बलमा छक्का प्रहार गर्ने क्रममा यादवको बलमा डिप प्वाइन्टमा क्याच हुदैं क्रिज छाड्न पुगे ।

ओभरको अन्तिम बल अघि रोहितकुमार पौडेलले फाईन लेगमा चौका प्रहार गर्दै जित दिलाए । रोहितले नटआउट रहदै ७ बल खेल्दै १५ रन बनाए । नाभेद खेलमा म्यान अफ दि म्याच घोषित भए ।

कुशल भुर्तेल र आशिफ शेख

कमजोर शुरुवात गरेपछि पोखरा पल्टनका मिडल अर्डरका व्याट्सम्यानलाई दबाव पर्यो । रन छिटो बनाउँदै थोरै ओभरमा टुग्याउने रणनीति बनाएपनि असफल बन्दै गएपछि रोहित र मोहम्मद नाभेदले धैर्यतापूर्ण व्याटिङ गरे । रवि इन्दर सिंहले पनि २४ बल खेल्दै २२ रन बनाउँदै केही सुधार गरे ।

विनोद भण्डारीलाई अगाडि नै पठाएर हिट गर्ने कप्तान भेषवाकरको योजनालाई नन्दन यादवले शून्यमै पभेलियन पठाए । अन्तिम खेलमा गर या मरको अवस्थामा रहेको पोखरा पल्टनले तीन जित र दुई हारसँगै लिगको शीर्षस्थानमा उक्लिएको हो । राउतेलाले २।५ ओभरमा ३९ रन खर्चिएर तीन विकेट लिए ।

लिगको अन्तिम खेल जित्नै पर्ने दबावमा रहेको पोखरा पल्टनका ललितनाथ राजवंशी र मोहम्मद नाभेदले उत्कृष्ठ बलिङ गरेपछि हुलास काठमाडौं रोयल्सले पोखरा पल्टनलाई १०४ रनको झिनो स्कोरको लक्ष्य दिएको थियो । शनिबार पोखरा रंगशालास्थित क्रिकेट मैदानमा टस हारेर व्याटिङ गरेको हुलास काठमाडौं रोयल्सका जे।

कोल्सावल र गौरभ तोमारलाई मोहम्मद नाभेदले एकै ओभरमा डक आउट गरेपछि नमस्ते प्रिमियर लिगको अन्तिम खेलमा पोखरा पल्टनलाई सामान्य स्कोरको लक्ष्य प्रस्तुत गरेको थियो । अमित श्रेष्ठले २१ रन बनाउँदै काठमाडौलाई राम्रो शुरुवात दिलाए । तर कोल्सावाल र तोमरको विकेट शून्यमै झरेपछि काठमाडौंको खराब लय दोहोरिन पुग्यो । कप्तान ज्ञानेन्द्र मल्लले इनिङ सम्हाल्दै ३१ रनमा ललितनाथ राजवंशीको बलमा रोहित पौडेलको हातबाट क्याच आउट भए । मल्ल पाँचौ विकेटको रुपमा आउट भएपछि काठमाडौंं ७५–५ को कमजोरस्थितिबाट अगाडि बढ्यो ।
थप एक रन जोड्दा नरेश बुढाएर पभेलियन फर्किए ।

मल्लले

२८ बल खेल्दै ३ चौका र १ छक्का हिर्काए । मल्ल भन्दा अघि पवन सर्राफ १२ रनमै आउट भएका थिए । उनले १९ बल खेले । नरेश बुढाएर ६ रनमा आउटभएपछि काठमाडौंले लिगको अन्तिम खेलमा पोखरा पल्टनलाई सामान्य स्कोरको लक्ष्य दिने लगभग पक्का जस्तै भयो । अदिल खान ७, अमरसिंह राउतेला १ रनमै पभेलियन लम्किएपछि काठमाडौं खातामा रन जोड्ने काम भने क्रिकेटको भेट्रान खेलाडी बसन्त रेग्मीले गरे । उनले १२ बलमा एक छौका र दुई छक्का हिर्काउँदै १९ रन बनाए ।

रेग्मी नटआउट रहेपनि सुशान भार िर नन्दन यादव शुन्य रनमै आउट भएपछि हुलास काठमाडौं १९।१ ओभर खेल्दै पुरा विकेट गमाउँदै १०३ रनमा समेटिएको थियो । ललितनाथ राजवंशीले तीन विकेट लिएका थिए । पोखरा पल्टनको जितसँगै विराटनगर टाईटन्स भने लिगको अन्तिम खेल अगावै पोखरा प्रिमियर लिगबाट औपचारिक रुपमै बाहिरिएको छ । यद्यपी विराटनगरले चितवन राईनोजसँग प्रतिष्ठाको लागि खेल्ने छ । विराटनगरले जितेको अवस्थामा विराटनगर, चितवन र बुटवल ब्लाष्टर्स बाहिरिने छन् ।

Pokhara Premier League

TEAM M W L PT NRR
PP 5 3 2 6 0.788
HKR 5 3 2 6 0.165
ED 5 3 2 6 -0.398
CR 4 2 2 4 0.579
BB 5 2 3 4 0.34
BT 4 1 3 2 -1.644
कमेन्टहरु
Loading...