पोखरा प्रिमियर लिगमा (PPL)पोखरालाई हराउदै धनगढी शीर्षस्थानमा

पोखरा, १६ कात्तिक /पोखरा प्रिमियर लिग (पीपीएल) (PPL) क्रिकेट प्रतियोगितामा पोखरा पल्टनलाई २ विकेटले हराउदै एक्स्पर्ट धनगढी ब्लुज शीर्ष स्थानमा उक्लिएको छ । पोखराले दिएको १४५ रनको लक्ष्य धनगढीले १९.५ ओभरमा भेटाए पछि २ विकेटले जितेको हो ।

धनगढीका लागि अन्तिम समयमा कप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै जित दिलाए । उनले २६ बलमा ४९ रन बनाए । त्यस्तै, धनगढीका लागि पिटर ट्रेगोले ५३, शुभेन्दु पाण्डेले २२ रन बनाए ।

बलिङतर्फ पोखराका रासिद खानले ४ विकेट लिए । उनले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिएका हुन् । त्यस्तै, विक्रम भुसाल र ललितनारायण राजवंशीले २ २ विकेट लिए । टस जितेर पहिले ब्याटिङ गरेको पोखरा पल्टनले २० ओभरमा ८ विकेटको क्षतिमा १४४ रन बनाएको थियो ।

पोखराको लागि रोहितकुमार पौडेलले ३१, रविइन्दर सिंहले २८, आसिफ शेखले २३, रासिद खानले १५ र कप्तान शरद भेषवाकरले १४ रन बनाए । एक्स्पर्ट धनगढीका लागि कमलसिंह ऐरीले ४ विकेट लिए ।

जितसँगै धनगढीले आफ्नो ५ खेल खेल्दै शीर्ष स्थानमा उक्लिएको छ भने प्ले अफमा पुग्ने सम्भावनालाई पनि बलियो बनाएको छ । तर धनगढीले प्ले अफमा पुग्नका लागि भने अन्य टिमको नतिजामा भर पर्नुपर्ने हुन्छ । यता, पोखराको पनि शीर्ष तीनमा पुग्ने सम्भावना कायमै रहेको छ ।

Pokhara Premier League

TEAM M W L PT NRR
ED 5 3 2 6 -0.398
BB 4 2 2 4 0.888
PP 4 2 2 4 0.583
CR 4 2 2 4 0.579
HKR 3 2 1 4 0.187
BT 4 1 3 2 -1.644
दीपेन्द्रसिंह ऐरी
दीपेन्द्रसिंह ऐरी
कमेन्टहरु
Loading...