पोखरा प्रिमियर लिगमा धनगढीलाई चितवनको १९४ रनको लक्ष्य

पोखरा, १४ कात्तिक / हरिशंकर साहको अर्धशतकीय पारीसँगै पहिलो विकेटको लागि अनिलकुमार साहसँग शतकीय साझेदारी गरेपछि टस हारेर व्याटिङमा उत्रिएको चितवन राईनोजले पोखरा प्रिमियर लिगमा एक्सपर्ट धनगढी ब्लुजलाई १९४ रनको लक्ष्य दिएको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबार दुई खेलमा देखिएको खराब व्याटिङलाई सुधार्दै राईनोजका ओपनर हरिशंकर साहले ५३ रनको अर्धशतकीय पारी खेले । ३३ बल खेल्दै उनले छ चौका र ३ छक्का प्रहार गरे । उनी योगेन्द्रसिंह कार्कीको बलमा विकेट विपर दिलिप नाथको हातबाट कयच भए । अनिलकुमार साह पनि ३७ रनमा आउट हुदाँ ३४ रन बनाए ।

उनले पनि एक चौका र ३ छक्का प्रहार गर्दै राम्रो शुरुवात गरे । कप्तान पारस खड्का भने सस्तैमा आउट भए । उनले ९ बल खेल्ने क्रममा १९ रनमै पभेलियन फर्किए । उनले चार चौका हिर्काए । खड्कालाई मन्जित श्रेष्ठको बलमा सन्दीप झोराको हातबाट क्याच हुन पुगे ।

सुमितकुमार पटेलले २४ रनको महत्वपूर्ण योगदान दिए । उनले १७ बल खेल्दे ४ चौका प्रहार गरेसँगै धनगढी ब्लुजका बेलायती खेलाडी डि। लरेन्सले योगेन्द्रसिंह कार्कीको हातबाट क्याच गराई पभेलियनको बाटो देखाए ।

छैटौं र सातौं नम्बरमा आएको व्याट्सम्यान सन्नी पटेल र करण केसीले ३१ रनको साझेदारी गर्दै पाँच विकेटको क्षतिमा १९३ रन बनाई ओभरलाई टुग्याए । पटेल नटआउट रहँदै १६ बल खेल्दै २६ रन बनाए । उनले ३ चौका र १ छक्का हिर्काए ।

केसीले पनि नटआउट खेल्नेक्रममा ६ बल मात्रै सामना गरेर २ चौकासहित ११ रन बनाएका छन् । मन्जित श्रेष्ठ, दिपेन्द्रसिंह ऐरी र लरेन्सले एक एक विकेट लिन सफल भए ।

कमेन्टहरु
Loading...