रिचार्ज कार्ड किन निस्किएकी पोखराकी प्रतिक्षा पाँच दिनदेखि बेपत्ता

पोखरा, १० असार/सात जना साथिहरु पोखराको महेन्द्रपुलमा रहेको श्री कृष्ण भोजनालयमा खाना खान जान्छन् । खाना अर्डर गरेर बसिरहेका बेला अकस्मात प्रतिक्षाले आफु रिचार्ज कार्ड किनेर आइहाल्ने भन्दै होटलबाट बाहिरिन्छिन । १५ /२० मिनेट बित्यो साथिहरुले आएको खाना खाएर सके तर रिचार्ज कार्ड लिन गएकी प्रतिक्षा फर्केर आइनन् ।

साथिहरुले पनि त्यतिबेला सम्म कुनै शंका गर्नै भ्याएनन् जब सम्म प्रतिक्षाले त्यहीं छोडेर गएको ब्याग हेरे ब्यागमा प्रतिक्षाले आफुले लगाएका घडी, सिक्री सबै त्यहि राखेर गएकी रहिछन् । कुरा हो असार ६ गते सोमबारको । पोखरा १५ सानिपाटनका तोरणबहादुर भुजेलकी १९ बर्षिया छोरी हुन् प्रतीक्षा भुजेल । उनले पोखराकै मुस्तांङचोक स्थित नेशनल बाथ सेन्टरमा ल्याबमा काम गर्दै आइरहेकी थिइन् ।

प्रतीक्षा भुजेल
प्रतीक्षा भुजेल

त्यसदिन रामबजारमा रक्तदान कार्यक्रम रहेकाले उनी अन्य ६ जना साथीहरु पनि त्यहाँ आएका थिए । बिहानदेखी शुरु भएको उक्त रक्तदान शिविरमा झन्डै १ बजेतीर कार्यक्रम सकिएपछि उनीहरु महेन्द्रपुल स्थित श्री कृष्ण भोजनालयमा खाना खान पुगेका थिए। रिचार्ज कार्ड लिन जान्छु भनेर सोमाबार देखि निस्किएकी प्रतीक्षाको घर परिवार र साथीहरुले आउँछिन की भनेर प्रतीक्षा गरिरहे तर शुक्रबार सम्म पनि प्रतिक्षाको कुनै अत्तोपत्तो छैन ।

पोखरा एक युवक जाँदा आउँदा संधै प्रतिक्षालाई लिन पुर्याउन जान्थे । उनीहरुको निकटता यति सम्म गहीरो थियो घर परिवारबाट समेत उनीहरु संगै जाँदा आउँदा कुनै रोकावट थिएन । प्रतिक्षा र ती युवा अर्कालाई मन पाराउथे, असाध्यै माया गर्थे । प्रतिक्षा युवक की प्रेमिका थिइन भने युवक प्रतिक्षाका प्रेमी । केहि समय पछि उनीहरुमाको मायामा दरा आयो । त्यसपछि प्रतिक्षाले युवकसंग कुरा गरिन युवकले उनको कुरा स्वीकार गरे र आगामी दिनमा बिगतका कुरालाई भुल्न आग्रह गरे ।

युवकको कुराले छाँगाबाट खसे झैँ भएकी प्रतिक्षाले धेरै सम्झाइन, आफुले भुल्न नसक्ने बताइन् तर युवकले उनको कुरा सुन्नुको साटो उल्टो धमक्याउन थाले । हुँदाहुँदा युवककी अहिलेकी नयाँ प्रेमिकाले समेत धम्की दिने र अब युवकको पछि लागे नराम्रो हुने चेतावनी समेत दिन थालिन् । धम्क्याउने शृंखला त्यतिबेलासम्म जारी रह्यो जतिबेला रामबजारमा आयोजना गरिएको रक्तदान शिविरमा समेत युवककी अहिलेकी प्रेमिकाले धम्क्याउदै नानाभाँतीका शब्दले गालीगलौज गरिन् ।

यसरी युवक तनाबमा आएकी प्रतिक्षा सहित अन्य स्टाफ साथीहरु शिविरमा कार्यक्रम सकेपछि खाना खान भनि महेन्द्रपुल स्थित होटलमा पुगेका थिए । प्रहरी परिवार र आफन्तले खोज्नुसम्म सबै ठाउँ खोजीसकेका छन् तर अहिले सम्म उनको अबस्था थाहा हुन सकेको छैन । आफन्तले प्रतिक्षाको कतै अपहरण त भएको छैन भनि आशंका गरेका छन् । वड़ा प्रहरी कार्यालय रामबजारले एक जनालाई पक्राउ गरेर अनुसन्धान गरेको जानकारी दिएको छ । साभार ः अर्जुन थापा बाराही न्युज डटकमबाट

कमेन्टहरु
Loading...