पोखराको पृथ्वीचोकमा ढलले बगाएर एक जना बेपत्ता दुईको उद्धार

पोखरा, १४ असार /पोखरा ९ पृथ्वीचोकमा ढलले बगाएर एक जना बेपत्ता भएका छन् । पोखरामा शुक्रबार साझँ परेको पानी परेपछि एक जना बाटो काट्ने क्रममा बेपत्ता बनेका हुन् ।

अर्को दुई जनाको भने स्थानीले उद्धार गरेका छन् । पोखराको प्रबेश द्धारा पृथ्वीचोक नजिकैको बाटो काट्ने क्रममा ढलले बगाएर एक जना बेपत्ता भएको स्थानीले बताएका छन् ।

साझँ ७ बजे तिर सेतो सट, कालोपाइन्ट र पछाडी झोला बोकेका एक युवालाई बगाएको स्थानी माछा पसलका सञ्चालक किशोर शाहले बताए । शुक्रवार साँझ ठुला बर्षा पछि बाटो र ढल सम्मै भएको अवस्थामा पानीले बगाएर बेपत्ता भएको बताए ।

ढलमा परि बगाएको अवस्थामा एक स्कुटर चालक र दुई एक जनाको उद्धार गरेपनि उनले बताए । युवा ढल हुँदै सेतीमा खेसेर बेपत्ता भएको उनले बताए ।

ढलमा रेलीङ वा ढकन नहुँदा ठुलो पानी परेर ढल सम्मै हुँदा पैदलयात्रु र मोटरसाइकल चालक बढि मात्रमा ढलमा परि बगाउँने गरेको सवारी चालक हरिचन्द्र नेपालीले सुनाए ।

पोखराको पृथ्वीचोकमा ढलले बगाएर एक जना बेपत्ता दुईको उद्धार
पोखराको पृथ्वीचोकमा ढलले बगाएर एक जना बेपत्ता दुईको उद्धार

शुक्रवार साँझै एक जना मोटरसाइकल चालक आर्क एक जना युवा पनि ढलमा परेर बगाएको थियो । उनीहरुलाई बगाउँदा बगाउँदै उद्धार गरिएकोले बचाउन सकीएको उनले बताए ।

ढलले बगाएर सेतीमा खसेर बेपत्ता भएकाको खोजी भइरहेको जिल्ला प्रहरी कर्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । साँझ बगाएको खबर पाउना साथ प्रहरी उद्धारमा खटीए पनि फेला पार्न नसके बताए ।

शनिबार पृथ्वीचोक स्थित सेती नदीको खोच र अन्य सम्भावीत ठाउँमा खोजी गरी रहेको बताए । पोखरामा ठुलो पानी पर्दा सडक नै खोला जस्ता बन्ने गरेका छन् । घरहरु थपिदै जादाँ बाटो मै पानी फाल्दा समस्या बढ्दै गएको हो ।

गत वर्षहरुमा पनि पानी र ढलकै कारण पोखरामा तीन जनाको मृत्यु भएको थियो । ठुला पानी पर्दा पोखराको पृथ्वीचोक, सिदार्थ चोक, सृजना चोक, बिरौटा चोक लगायतका सडकमा खोला झौ पानी बग्ने गर्दछ ।

हिमाल कलेजमा कक्षा ११ लागि भर्ना खुल्यो
हिमाल कलेजमा कक्षा ११ लागि भर्ना खुल्यो
national creation academy admission open
कमेन्टहरु
Loading...