पोखराका मेयरको अनुगमनः ‘हल्नचोक–पामे सडक यसै वर्ष कालोपत्रे हुन्छ’

पोखरा, १० साउन /पोखरा महानगरपाकिलाका मयेर मानबहादुर जिसीले पोखराका विभिन्न वडामा भएको विकासे कामको अनुगमन गरेका छन् ।

शुक्रबार विहान पोखरा १८, २३, २४ र १६ मा अनुगमन गरेका छन् । अनुगमनका क्रममा कति पय ठाउँमा ग्याभिन लगादा बिगारेको भन्दै पुन सुरुबाट काम गर्न निर्देशन दिएका छन् ।

हल्नचोक–पामे – ठुलाखेत –घाँटीछिना सडकको अनुगम गर्दै काम गर्ने क्रममा बाटो हिलो भएको र त्यसलाई समाधान गर्दै काम गर्ने निमार्ण कम्पनीलाई निर्देशन दिएका छन् ।

हल्नचोक–पामे – ठुलाखेत –घाँटीछिना सडक कालोपत्रे गर्न ६ करोड र घाँटीछिना देखी भञ्याङ सम्म सडक स्तरोन्नत्ति गर्न ४ करोड गरी १० करोड बजेटमा काम भई रहेको छ ।

अर्थमन्त्रालयले पोखरा महानगरपालिकालाई समपुरक बजेट अन्तरगत त्यो बजेट आए पछि यस बर्ष पामे सम्म सडक पिच हुने मयेर मानबहादुर जिसीले बताए ।

उनले हल्नचोक–पामे –ठुलाखेत –घाँटीछिना सडक खण्डलाई आएको बजेट यथावत रहेको बताए । उनले थप बजेटबाट पामे बजार सम्म सडक कालोपत्रे हुने उनले बताए ।

हल्नचोक–पामे – ठुलाखेत –घाँटीछिना सडक खण्डलाई प्रदेश सरकार मातहको ‘पूर्वाधार विकास कार्यालय’ र ‘वल्र्ड बैंक’बाट बाटोको स्तरोन्नत्तिका लागि २ करोड बढि बराबरको बजेट निकासा भएको थियो ।

कमेन्टहरु
Loading...