पोखरा महानगरपालिकाले सार्वजनीक जग्गामा बनाएको संरचना भत्काइयो

पोखरा ९ पुस / पोखरा महानगरपालिका वडा नम्वर १८ ले सार्वजनिक जग्गामा बनाइएको संरचना सोमबार भत्काइएको छ । वडा नम्वर १८ को हरे डाँडामा रहेको सार्वजनीक जग्गामा बनाइएको संरचना हटाइएको हो । हरे डाँडा सामुदायिक वनको २ रोपनी जग्गामा हर्कबहादुर ढकालले तारबार गदै संरचना निर्माण गरेपछि वडा अध्यक्ष रणबहादुर थापाले नगर प्रहरी लगाएर त्यहाँ बनाइएको संचरना र तारबार हटाएका हुन् ।

नगर प्रहरी, पत्रकारको टोली लिएर वडा अध्यक्ष आफै सार्वजनीक जग्गामा बनाइएको संरचना भत्काउन पुगेका थिए । सार्वजनीक जग्गामा निर्माण गरिएका छाप्रा, तारजाली लगायतका संरचना सोमबार हटाइएको उनले बताए । ढकालले विगत चार वर्षदेखि सार्वजनीक जग्गामा अस्थायी घर निर्माण गरेको तर अहिले फेरी थप जग्गालाई तारबार गरे भाडामा दिने तयारी गरेपछि भत्काइएको वडा अध्यक्ष थापाले जानकारी दिए । ‘सार्वजनीक जग्गामा संरचना बनाएको र अझै अतिक्रमण बढाएकाले भत्काएका हौ ।’

अध्यक्ष थापाले महानगरले चालु आर्थिक वर्षलाई सार्वजनीक जग्गा संरक्षण अभियान वर्षका रुपमा घोषणा गरे अनुुसार वडामा अभियान संचालन गरिरहेको बताए । सराङकोट पर्यटकीय गन्तब्य रहेको र पोखरा आउने ८० प्रतिशत पर्यटक यहाँ आउने गरेका छने अध्यक्ष थापाले भने, ‘यहाँ जग्गा बढि अतिक्रमण भएको छ । अव अतिक्रण रोक्छौ ।’

उनका अनुसार वडा नम्वर १८ मा ५६ र २२ रोपनी सार्वजनीक जग्गा संरक्षण गरिएको बताए । ‘सराङकोटको टावरको ५६ र लभ्ली डाँडामा रहेको २२ रोपनी जग्गा ब्यक्तिले अतिक्रमण गरेका तर त्यसलाई हामीले संरक्षण गरेका छौ ।’ उनले वडा भित्र रहेका कुनै पनि सार्वजनीक जग्गा अतिक्रमण गर्न नदिने समेत बताए ।महानगरभित्रका सार्वजनीक जग्गा संरक्षण वर्षको रुपमा घोषणा गरेको र त्यसको काम भैरहेको महानगरका प्रमुखका स्वकीय सचिव लक्षमण तिमिल्सिनाले बताए ।

महागनरभित्र रहेका सार्वजनीक जग्गाको विवरण संकलन गरेकाछौ उनले भने, ‘ब्यक्तिले सार्वजनीक जग्गा अतिक्रमण गर्न पाउने छैनन र महागनरले संरक्षण गर्छ ।’ वडा नम्वर १८ ले विन्ध्यबासिनी सराङकोट सडक फराकिलो बनाउने अभियान समेत सुरु गरेको छ । अभियान अन्र्तगत साँधुरो बाटोलाई फराकिलो बनाउने काम भैरहेको वडा अध्यक्ष थापाले भने, सडक फराकिलो बनाउने कामलाई सहज बनाउन एकतर्फी रुपमा मात्रै सवारीसाधन संचालन गरिएको बताए । सवारीसाधनलाई सराङकोट जान दिएको छ भने त्यहीबाटो कर्फन नपाइने गरि एकतर्फी बनाइएको छ । बाटो वानवय गरिएको छ अध्यक्ष थापाले भने, फर्कनको लागि बाग्लुङ पदेली सडकबाट बैकल्पिक ब्यवस्था गरिएको छ ।

कमेन्टहरु
Loading...