पोखरामा एक व्यक्ति मृत फेला

पोखरा, ३२ साउन / पोखरा महानगरपालिका १३ दुईकुलाको मुहानमा एक व्यक्ति मृत फेला परेका छन् ।

हालसम्म नाम थर वतन नखुलेको करिब ६० बर्षिय पुरुष व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरि रहेको जनाएको छ । मृतको शवलाई पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा राखिएको छ ।

कमेन्टहरु
Loading...