पोखरामा शनिबारको भन्दा आइतबार अझ चिसो

फाइल तस्बिर

पोखरा, १५ पुस /देशभर लगातार चिसो बढेको बेला पोखरामा तापक्रम घट्दै गएको छ । पश्चिमाञ्चल हावापानी कार्यालय पोखराले दिएको जानकारी अनुसार आइतबारको न्युनतमा तापक्रम ४ डिग्रीसेल्सियस मापन गरेको छ । त्यसै गरी अधिक्तम २० दशमलब ८ डिग्री सेल्सियस छ ।

शनिबार ४ दशमलव ४ डिग्री, शुक्रबार ४ दशमलव ५ डिग्री सेल्सियस थियो । क्षेत्रिय हावापानी केन्द्र पोखराको मापन केन्द्रले मापन गरेको मौषमको रेकर्ड अनुसार आइतबार यो वर्ष कै न्युनतमा तापक्रम मापन भएको छ ।

पोखरामा दिऊसो घाम लागेका कारण अधिक्तम तापक्रम र न्युनतमको फरक १६ डिग्री सम्म हुने गरेको छ । जसले गर्दा दिऊसोमा जाडोको कम अनुभव हुने गरेको छ भने बिहान बेलुका बढि चिसो छ ।

चिसो बढ्दै जादा जनजिवन प्रभावित भएको छ। दिनमा घाम लागेर कमचिसो भए पनि विहान, बेलुका र राती भने चिसोले जनजिवन प्रभावित गरेको हो । चिसोबाट वच्न चिकित्सले न्यानो लुगा लगाउने, तातो बनाएर बस्ने, तातो झोल पदार्थ पिउने सुझाव दिएका छन्। चिसोको मौषममा बढि मात्रामा बालबालिका र बुद्धबुद्धालाई बढि प्रभावित गर्ने गण्डकी अस्पताल पोखराका बरिष्ठ बालरोग विशेषज्ञ डा यज्ञराज सिग्देलले बताए ।

उनले बालबालिकालाई चिसोको समयमा विषेश ख्याल गर्नु पर्ने उनको भनाई छ । मौषम विभागले यो भन्दा पनि अझ चिसो हुने बताएको छ ।

पोखरामा सन् २०१२ मा अहिलेसम्मकै कम शुन्य दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो । त्यसै गरी सन् १९७० मा १ दशमलव ८ डिग्री र १९८९ मा २ दशमलव ५ डिग्री सेल्सिय मापन भएको छ ।

कमेन्टहरु
Loading...