पोखरामा कौडा खेल्दै गरेका १५ जना समातिय

पोखरा, २७ असोज / कास्कीको प्रहरीले पोखरामा कौडा खेल्दै गरेका १५ जनालाई पक्राउ गरेको छ ।

पोखरा महानगरपालिका १८ चालिसे डाँडाको एक रेष्टुरेन्टमा कौडा खेलि रहेको भन्ने गोप्य सूचनाको आधारमा कास्की प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक नरहरी अधिकारीको कमाण्डमा गएको टोलीले कौडा खेलिरहेकै अवस्थामा ३२ थान कौडा, नगद ६ लाख १० हजार सहित १५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका ६ बैदामका खिमलाल पहारी, विर बहादुर लामीछाने, चिन बहादुर भट्टराई, शक्ति पराजुली, सनोज पहारी, केदार थापा, लक्ष्मण कुँवर, लक्ष्मण पहारी, कवि पराजुली, ईश्वर श्रेष्ठ, राम बहादुर थापा, पोखरा१८ सराङकोटका महेन्द्र बहादुर थापा, धुब्र बहादुर थापा, पोखरा ११ रानीपौवाका पुर्ण तिमल्सिना र पोखरा ६ विमल देवकोटा पक्राउ परेका छन् ।

देवकोटा भाग्ने क्रममा बाटोमा लडि घाइते भई उपचारको लागि मेट्रोसिटी अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ । देवकोटालाई नियन्त्रणमा दिने क्रममा दुई जना प्रहरी समेत घाईते भएका छन् ।

कमेन्टहरु
Loading...