पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको काम आधा सकियो

पोखरा, १२ कात्तिक/ पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको निर्माणको काम आधा अथार्त ५० प्रतिशत सकिएको छ । विमानस्थलको अहिले सम्म रन वे, ट्याक्सी वे, एप्रोन तयार भइसेका छन् भने १४ भवनमध्ये १२ वटा भवनको आरसिसी स्ट्रक्चर टुंगिएको छ, टर्मिनल भवन छानो छाउन बाँकी रहेको छ ।

‘पोखरा क्षेत्रीय विमानस्थल निर्माण कार्यको ५० प्रतिशत टुग्याईसकिएको छ’–आयोजना प्रमुख विनेश मुनंकर्मीले भने–सिभिल कन्ट्रक्सनको काम पनि अब केही महिना भित्रै टुग्याउने बताए । विमानस्थलको २०२० डिसेम्बर भित्रमा (२०७७ मंसिर सम्म) सबै काम टुग्याउने र उपकारण जडान गर्ने प्रमुख मुनंकर्मीले बताए । अहिले १४ वटा भवनको भौतिक संरचनाको काम भईरहेको उनले बताए । उनले सन २०२० को जनवरीमा फिनिसिङ गरिने उनले सुनाए ।

पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको काम आधा सकियो
पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको काम आधा सकियो

पोखरा विमानस्थलको २५ सय मिटर लामो रन वे तयार भईसकेको छ । विमान पार्किङस्थलसम्म आउने ट्याक्सी वे(बाटो)को काम टुंगिएको छ । विमान पार्किङको लागि एप्रोन पनि पुरा भईसकेको छ । आन्तरिक रुपमा रहेको पानीको निकासको लागि नहरको व्यवस्थापनको काम समेत सकिएको उनले बताए । ‘१४ वटा भवनमा १२ वटा भवनको आरसिसी स्ट्रक्चर सकिएको छ ।’ आयोजना प्रमुख मुनंकर्मीले सुनाए । आठवटा भवनको प्लाष्टरको काम भईरहेको बताए ।

उनले ८ तलाको टावर निर्माणाधिन रहेको र ५ तला ढलान गरिसकिएको बताए । टर्मिनल भवनको पनि आरसिसी स्ट्रक्चर सकिएको छ । स्टिलको जडानको कार्य भईरहेको उनको भनाई छ । उनले आरसिसीको कामपछि इलेक्ट्रिकल लाईट लगायत अन्य आवश्यक उपकरण खरीद गरेर इन्स्टल(जडान) गर्ने बताए । यो आर्थिक वर्षभित्रमा ७५ प्रतिशत काम टुग्याउने लक्ष्य छ । उनले २०७८ को बैशाखबाट विमान उठाउने लक्ष्यका साथ काम भईरहेको बताए ।

नियमित कामका लागि अहिले ५ सय कामदार खटिएका छन् । आधा नेपाली छन् भने आधा चीनियाँ कामदारले काम गरिरहेका छन् । २०३२ सालमा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको लागि तत्कालिन छिनेडाडाँ गाविस (हाल पोखरा १४) कुहर फाँटमा ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । त्यसपछि दोस्रो चरणमा ६ सय २९ रोपनी जग्गासहित अधिग्रहण गरिएको थियो ।

कमेन्टहरु
Loading...