पोखरामा हातहतियार देखाएर चोरी गर्दै हिड्ने ३ जना पक्राउ

पोखरा, २४ भदौ / भदौ २० गते पोखरा २७ रिठेपानीमा हतियार सहित चोरहरु छिरेर घरमा चोरी गर्न खोज्दा

चोरलाई स्थानीयले समाते । परिवार हतियार देखाएर तर्साएर चोर्न खोज्दा स्थानीय युवाहरुले पक्राउ गरी

डाँडाको नाक प्रहरी चौकीमा बुझाए ।

पक्राउ पर्नेमा म्याग्दी कुहुँ घर भई पोखरा २७ बस्दै आएका ५१ बर्षिय पीतमान गुरुङ, ४५ बर्षिय ज्ञानबहाादुर

अर्मजा, ३१ बर्षिय दिनेश बडुवाल पक्राउ परेका छन् ।

पक्राउपछि उनीहरुलाई चोरी मुद्धामा म्याद थप गरी अनुसन्धान भैरहेको कास्कीका प्रहरी प्रमुख ओम रानाले

बताए । उनीहरुलाई अनुसन्धानका क्रममा चोरी गर्दै हिड्ने तीनैजना पहिले पनि विभिन्न मुद्धामा कैद भुक्तान

गरे निस्केकाहरु छन् । उनीहरु पोखराका बिभिन्न ठाउँमा भएका स्नाचिङ तथा चोरीका घटनामा समेत संग्लन

रहेको प्रमुख रानाले बताए ।

कमेन्टहरु
Loading...