पोखराको गोली काण्ड, यस्तो छ प्रहरी विवरण

पोखरा २९ जेठ/पोखराको उत्तमचोकमा गोली चलेको छ । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो । लागू औषध भएको जानकारी पाएपछि प्रहरीले पक्राउ गर्ने क्रममा प्रहरीलाई नै आक्रमण भएपछि प्रतिरक्षामा प्रहरीले गोली चलाएको बताएको छ ।

प्रहरीले चलाएको गोलीबाट पोखरा रामबजारका गोबिन्द थापा घाइते भएका छन् भने एक जना भागेका छन् । घाइते थापाको देब्रे खुट्टामा गोली लागेर उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए । उनले थापा कतारमा लागुऔषध कारोबार आरोपमा ४ वर्ष जेल सजाय पाएको बताए ।

पोखराको उत्तमचोकमा रहेको एक क्याफे प्रहरीले उनीहरुलाई लागूऔषध लिएर हिँडेको विषेश सूचनाको आधारमा पक्राउ गरेको थियो । प्रहरीले नियन्त्रणमा लिन खोजेपछि उल्टै प्रहरीलाई चिर्पटले हिर्काएर भाग्न खोजेको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए । उनकै कमाण्डमा प्रहरी टोली गएको थियो । प्रहरीमाथि नै जाईलागेपछि बाध्य भएर प्रहरीले गोली चलाएको उनले बताए ।

घाईते भएको प्रहरीको पार्कल्याण्ड हस्पिटल अमरसिंहचोकमा सामान्य उपचार गरेर डिस्चार्ज भएको छ । प्रहरीले उनीहरुको साथबाट १५ सय थान लागूऔषध बरामद गरेको छ ।

तत्काल अमरसिंहबाट ड्रग्स सहित एक महिला

गोली चलाएर थापा पक्राउ गरे लगत्तै पोखराका अमरसिंह चौर क्षेत्रबाट एक महिला लागुऔषध सहित पक्राउ परेकी छन् ।

९ सय थान लागुऔषध नियन्त्रणमा लिइएको प्रहरी जानकारी दिएको छ । एसपी दानबहादुर कार्कीले कास्की प्रहरीको प्रमुखको जिम्मेवारी सम्हालेलगत्तै लागूऔषध नियन्त्रणमा सक्रिय रुपमा पोखरा आगडी बढेका छन् ।

यस्तो छ प्रहरी विवरण

कास्की जेष्ठ २९ गते

जिल्ला प्रहरी कार्यालय कास्कीको प्रेस रिलिज

 

लागु औषध कारोबारी पक्राउ

 

  • नाम थरः- गोविन्द थापा, बर्ष अं ३० ।

उपनामः– सेट्टा ,डि.के., जोन पनि भनिने ।

वतनः- कास्की जिल्ला पोखरा म.ना.पा. वडा नं १० उत्तमचोक ।

घटना मितिः–  २०७६।०२।२९ गते ।

समयः- अं ११.१५ बजे ।

बाबुको नामः– रामकृष्ण थापा ।

घटना विवरण –  मिति २०७६।०२।२९ गते अं ११.१५ बजेको समयमा कास्की जिल्ला पोखरा म.न.पा. वडा नं १० उत्तमचोक स्थित उत्तम क्याफे नजिकै लागु औषधको बिक्री बितरण, कारोबार, भई रहेको सुचनाको आधारमा जि.प्र.का. कास्की बाट प्र.नि. गणेश सुबेदीको कमाण्डमा खटिएको प्रहरी टोली ले जिल्ला कास्की पोखरा म.न.पा. वडा नं १० उत्तमचोक बस्ने बर्ष अं ३० को गोविन्द थापालाई शंकास्पद अवस्थामा फेलापारी चेकजांच गर्ने क्रममा प्रहरीलाई अकस्मात आक्रमण गरी प्रहरी संग रहेको हतियार समेत खोस्ने प्रयास गरेकोले तत्काल बिकसित गम्भिर परिस्थितीमा आत्मरक्षाको लागी प्रतिकार गर्ने क्रममा निजको गोबिन्द थापालाई असंवेदनशिल अंगमा गोली प्रहार गर्दा निजको बायां पिडौलामा सामान्य चोट लागी घाईते भई उपचारको लागी तत्कालै ऐ. रामघाट स्थित पश्चिम क्षेत्रिय अस्पताल लगिएको, अवस्था मध्यम रहेको साथै निज संग रहेको निम्न परिमाणमा लागु औषध सहित १ थान मोटरसाईकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।

निम्नः-

  • ग १३ प ८२२८ नम्बरको रोयल ईन्फील्ड मोटरसाईकल १ थान ।
  • लागु औषध नर्फिन ५०० एम्पुल, डाईजापाम ५०० एम्पुल र फेनरागन ५०० एम्पुल गरी जम्मा १५०० थान

 बिगतमा निजले गरेका अपराधिक कार्यहरु –

  • मिति २०७५।०७।१५ गते बिहान कास्की जिल्ला पोखरा म.न.पा. वडा नं १७ मुस्ताङचोक स्थितमा ऐ. बस्ने बर्ष २७ को दिपेश गुरुङलाई ज्यानै लिने उदेश्यले बाटो छेकेर धारिलो हतियार प्रहार गरी गम्भिर घाईते बनाएकोमा यस जिल्ला प्रहरी कार्यालय कास्की बाट सन्ध्या गुरुङको जाहेरी बमोजिम ज्यानमार्ने उधोग मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान पश्चात सम्मानित कास्की जिल्ला अदालत पठाईएको मा अदालतको आदेशासनार पुर्पक्षको लागी थुनामा गएको ।
  • सन् २०१४ देखी २०१८ सम्म बैदेशिक रोजगारको क्रममा कतारमा रहेको अवस्थामा लागु औषध मुद्दामा ५ बर्ष जेल सजाय भोगेको भन्ने बुझिएको ।

२) नाम थरः- देबी कुमारी गुप्ता , बर्ष अं ३८ ।

उपनामः– नभएको

वतनः- जिल्ला कास्की पोखरा म.न.पा. ९ घर भई हाल पोखरा १० बुद्धचोक

घटना मितिः-  २०७६।०२।२९ गते ।

समयः- अं १५.४५ बजे ।

श्रीमानको नामः– उदय कुमार गुप्ता

घटना विवरण – मिति २०७६।०२।२९ गते पोखरा १० अंमरसिहचौर मा ठुलो मात्रामा लागू औषध कारोबार भईरहेको छ भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी टोली खटि जाँदा पोखरा १० अंमरसिहं चौर बाट जिल्ला कास्की पोखरा महानगरपालिका बडा नं ९ घर भई हाल पोखरा १० बुद्धचोक बस्ने बर्ष ३८ कि देबी कुमारी गुप्ताले लिएको जेब्रा झोला तलासी गर्दा उक्त झोला भित्रबाट डाईजापाम ३०० थान ,फेनेरागन ३०० थान र नर्फिन ३०० थान गरी जम्मा ९०० थान लागू औषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेको ।

अनुसन्धान पछी खुलेका तथ्यहरु ।

  • निजका श्रीमान् उदय कुमार गुप्ता लागू औषध मुद्धामा कास्की कारागार रहेको र कारागारबाट फोन गरी लागू औषध लिएर आउने व्यक्तिसंग सामान बुझी अन्यत्र पु-याउनु भनेपछी अंमरसिह चौरमा गई सो सामान लिएको हुँ भनि खुलाएकी ।
  • यो भन्दा पहिले पनि सो काम गरेको ।

 

बरामद

  • सामान पठाएको रु.९०,००० को IMEI भरपाई ।
  • अन्य Network को खोजि भईरहेको ।

 

 

कमेन्टहरु
Loading...