पोखरा फुटबल मैदानको बरमुढा घाँस आइपुग्यो, विछ्याउन शुरु

पोखरा, ९ असोज/ पोखरा रंगशाला फुटबल मैदानको दुवो(चपरी) बिहीबार पोखरा आईपुगेको छ । कोलकत्ताबाट १८ तारिखमा हिडेको बरमुढाको दुवोसहितको चपरी बिहीबार दिउँसो पोखरा आईपुगेको हो । बिहीबार एक कन्टेनर चपरी आएको हो । रंगशाला परिसरमा आईपुगेको चपरीलाई मैदानमा बिछ्याउन शुरु गरिएको छ ।

‘चार दिनजति विरगन्ज भन्सारमा अडकियो ।’ पोखरा रंगशाला फुटबल मैदान निर्माण कम्पनी भारतीय कम्पनी ग्रेट स्पोर्टस एण्ड एम.ए कन्ट्रक्सन जवलाखेल ललितपुर (जे.भी)का प्रोजेक्ट म्यानेजरको रुपमा रहेको दिपक बरालले भने–‘भन्सारको नेपाली कन्टुमरबाट पास गरेपछि पोखरा आईपुगेको हो ।’ पोखरा आईपुगेको दुवो केही सुख्खा जस्तै देखिएको छ ।

एउटा दुवोको चपरी १० बर्गफिटको छ । टुक्रा टुक्रा चपरी बनाई ल्याएको छ । एउटा घाँसको चपरी २.५ फिट चौडाई र ४ फिट लम्बाईको छ । १० स्क्वायर फिटको चपरीलाई ट्रकमा लोड गरी ९ दिनपछि पोखरा आईपुगेको थियो । पोखरा रंगशाला ९० हजार स्क्वायर फिटको छ । त्यस अनुसार ९ हजार चपरीको टुक्रा आउने क्रममा छ ।

छ वटा ट्रकमा चपरी लोड भएर आउने प्रोजेक्ट म्यानेजर बरालले बताए । आईसकेको चपरी विछ्याएको उनले बताए । चपरी मैदानमा सर्न एक महिना लाग्ने अनुमान गरिएको छ । रंगशालाको फुटबल मैदान यतिबेला बालुवा राखेर सम्याउने काम टुग्याईसकिएको छ । उनका अनुसार अब ५ वटा ट्रकमा लोड गरिएको चपरी आउनेक्रममा रहेको छ ।

केही दिन अघिमात्रै जर्मनबाट एथलेटिक्स ट्रयाकको लागि आवश्यक सामान आईपुगेको थियो । ट्रयाक एण्ड फिल्डको रनिङ ट्रयाकलाई सिन्थेटिक बनाईने छ । सिन्थेटिक ट्रयाकको लागि आवश्यक सामान ग्रानुयल्स रबर दाना पोखरा रंगशालामा झरिसकेको छ ।ट्रयाक कालोपत्रे पीच गरेपछि मात्रै रबर दानालाई केमिकल प्रयोग गर्दै ट्रयाकमा हालिने कम्पनीले जनाएको छ । पोखरा रंगशाला फुटबल स्टेडियम निर्माणको लागि ले काम गरिरहेको छ । गत फागुन २६ गतेदेखि मैदान निर्माण शुरु गरिएको हो ।

कृत्रिम घाँस र प्राकृतिक घाँसे मैदान बनाउने भन्ने लामो समयको विवादपछि प्राकृतिक मैदान बनाउने निर्णय गरिएको थियो । निर्णयसँगै प्राकृतिक घाँस भारतको कोलकत्ताबाट ल्याईने निर्णयसँगै घाँस लोड गरिएको छ । लोड गरिएको घाँसको चपरी ७ दिनमा पोखरा आईपुग्ने छ । चपरीको लागि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्राविधिक(इन्जिनियर) प्रनिस ताम्राकारले घाँस निरीक्षण गरी फर्किएका छन् ।

मैदानसँगै सिटको लागि आवश्यक फाउण्डेशन तयारी गरिदैं छ । सिटको सामान फ्रान्सबाट हिडिसकेको छ । नोभेम्बरको दोस्रो साता सिटको सामान पोखरा आईपुग्ने दावी कम्पनीले गरेको छ । १५ दिनभित्रमा सिटलाई जोडिसक्ने योजना कम्पनीको छ । १६ हजार ५ सयबाट बढेर २० हजार गरी भीआईपी र दर्शक सिट क्षमताको प्यारापिट हुने छ । १ अर्ब २८ करोडको लागतमा निर्माणाधिन फुटबल मैदान कार्तिक १५ भित्रमा सक्ने बोर्डनलाईन तय गरिएको छ ।

कमेन्टहरु
Loading...