आयोजकलाई हराउदै धरानले दिल्ली युनाइटेड सँगको भेट पक्का

पोखरा, २ बैशाख /आयोजक पोखरा ११ लाई हराउदै पाहुना टोली धरान फुटवल क्लब पोखरामा जारी पाँचौ मनकामना केवलकार पोखरा कपको क्वाटरफाईनल प्रवेश गरेको छ ।

आयोजकलाई हराउदै धरानले दिल्ली युनाइटेड सँगको भेट पक्का
आयोजकलाई हराउदै धरानले दिल्ली युनाइटेड सँगको भेट पक्का

पोखरा रंगशालामा भएको खेलमा आयोजक पोखरा ११ लाई १ — ० गोल अन्तरले हराउदै धरान अन्तिम आठमा प्रवेश गरेको हो । धरानको जितमा तीर्थ वस्नेतले ७३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । हेमन थापामगरले दिएको पासलाई पो्खराका गोल किपरलाई विट गर्दै गोल गरेका थिए । उनि सगँ रहेको पोखराका बिमल बस्नेतले रोक्ने कोशिष गरे सफल हुन सकेन ।

आयोजकको टिम पाएका केहि राम्रो अवसरलाई सदुपयोग गर्न नसक्दा पहिलो खेलबाट वाहिरियो । विजेता धरानले अन्तिम चारको लागि बैशाख ७ गते भारतीय टिम दिल्ली एफसी सँग खेल्नेछ । खेलमा धरानका विनय श्रेष्ठ म्यान अफदी म्याच बन्न सफल भए । प्रतियोगिता अन्तर्गत शुक्रबारको खेल नेपाल आर्मी क्लब र सरस्वती क्लब विच अन्तिम प्रि क्वाटरफाईनल खेल हुनेछ ।

कमेन्टहरु
Loading...