पोखरा, १० चैत / पोखराका महानगर पालिका १६ को वडा कार्यालयमा चोरी भएको छ । आइतबार विहान कार्यालय पुग्दा चोरी भएको देखीएको पोखरा महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष जिवन आचार्यले जानकरी दिए ।
उनका अनुसार दुई वटना ल्यापटप, चार वटा कम्प्युटर सहित अन्य सामग्री चोरी भएको बताए । उनले शुक्रबार कार्यालय बन्द गरे गएपछि आइतबार मात्रै आएको हुदाँ शुक्रबार राती वा शनिबार राती चोरी भयो भन्ने थाहा हुन नसकेको बताए ।
उनले अहिले प्रहरी आएर के के सामग्री चोरी भएको भन्नबारेमा रुजु गर्दै गरेको बताए । प्रहरीले चोरीको बारेमा अनुसन्धान थालेको बताएको छ ।
पोखरामा महानगरपालिकाका विभिन्न वडा कार्यालयमा यस अगाडी चोरी भएको थियो । यस अगाडी पोखरा ५, १३ १४, १५, लगातका कार्यलयको ताला फोडेर चोरी गरेका थिए ।