पोखराको बिजयपुरको पुल भाँच्चियो भन्ने हल्ला मात्रै

पोखरा, २७ जेठ /पोखराको मुख्य प्रबेश द्धारका रुपमा रहेको बिजयपुर खोलाको पुल भाँच्चियो भनि समाचार आएको हल्ला मात्रै रहेको छ ।

आइतबार एउटा अनलाईनले अन्त्रको पुल भाँच्चिको तस्बिर हालेर पोखराको बिजयपुर खोलाको पुल भाँच्चियो भन्दै समाचार पोष्ट गरेका थियो । समाचार पछि पोखरामा हल्ला खल्ला भएको थियो ।

बिजयपुरको पुल भाँच्चियो भन्ने हल्ला मात्रै भएको जिल्ला समन्वय समिति कार्यलय कास्की अध्यक्ष वैनबहादुर क्षेत्रीले बताएका छन् । हल्ला आउने वित्तिकै पुलमा पुगेको र पुलमा कुनै समस्या नरहेको क्षेत्रीले उनको फेसबुकमा लेखेका छन् ।

उनले अनलाइनमा आएको समाचार निराधार भएको लेखेका छन् । प्रहरीका अनुसार पुलबाट ठुला बारबहान गरेका सवारी खोलाबाट र अन्य सबै पुलबाट नै सञ्चालनमा आएका छन् । बैकल्पिक पुलका लागि बेलिब्रिज बनाउने बनाउने काम शुरु भएको छ ।

स्टिल ब्रिज प्रक्रिया अनुसार निर्माण भएको बिजयपुरको पुलको चार महिना अगाडी स्टिल नै ठाउँ ठाउँमा चर्किने र भाचिने भए पछि पुर्ननिमार्ण गरीएको थियो । पुलका बटम कड ७ ठाउँमा चर्किएको र क्रस मेम्बर १ वटा भाचिएको पुलको सडक डिभिजन कार्यालय पोखराका प्रमुख हरिकुमार पोख्रेलले बताए ।

उनले ति ठाउँमा सपोट दिएर निमार्ण भई सकेको बताए ।  पुलबाट १० टन भन्दा बढि भार बोकेका सवारीलाई खोलाबाट पठाइएको छ । नेपालमा पछिल्लो समयमा स्टिल ब्रिज नै निमार्ण हुदै आएका छन् । २०५९ सालमा निर्माण शुरु गरेर २०६४ सालमा पुल सञ्चालनमा आएको थियो । पुलको लम्बाइ ७४ दशमलव २ मिटर रहेको छ ।

कमेन्टहरु
Loading...