बिमानस्थल निर्माण सम्झौताको पोखरा पर्यटन व्यावसायी द्धारा स्वागत

पोखरा, ८ चैत /सरकारले बिमानस्थल निर्माणमा चिनिया सरकार संग सम्झौतामा हस्ताक्षर गरे पछि पोखराका जनता र पोखराका पर्यटन व्यावसायी खुसि भएका छन् । झण्डै चालिस बर्ष अगाडी पोखरेली जनताले देखेको बिमानस्थलको सपना साकार हुनेमा पोखरेलीहरु आशाबादी भएका छन् । विभिन्न संघ संस्थाले सम्भौताको स्वागत गर्दै विज्ञप्ती समेत निकालेका छन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन चीनसँग सहुलियतमा ऋण लिनेबारेमा सोमबार नेपाल सरकार र चीन सरकारबीच सम्झौतामा स्वागत गर्दछै पोखरा पर्यटन परिषदका अध्यक्ष सोम थापाले जारीको गरेको विज्ञप्तीमा भनिएको छ । यो सम्झौताले करिब चारदशकदेखि रोकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढ्ने सकारात्मक संकेत देखिएको छ ।

कुनै अवरोध नआए बहुप्रतिक्षीत विमानस्थल निर्माणले गति लिनेमा अब हामी ढुक्क भएका छौं । नेपालको पर्यटकीय राजधानीको रुपमा चिनिने सुन्दर नगरी पोखरामा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्ने उद्देश्यले २०३२ सालमा पोखराको छिनेडाडामा ३१०६ रोपनी जग्गा पोखरेली विकासप्रेमी जनताहरुबाट अधिग्रहण गरिएको र हाल आवश्यक हुन आउने थप ६२९ रोपनी जग्गाको अधिकरण गरी मुअब्जा समेत वितरण भईसकेको छ ।

विमानस्थल निर्माणबाट यस क्षेत्रको आर्थिक विकास र नेपालको पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण योगदान दिन सक्नेछ । विमानस्थल बनाएर विभिन्न मूलूकसँग पोखरालाई जोड्न सके यसले अहिले भन्दा धेरै संख्यामा पोखरामा विदेशी पर्यटक भित्र्याउने भएकोले नेपालकै लागि यो विकासको कोशेढुंगा हुनेमा हामी आशावादी छौं । थापाको विज्ञप्तीमा उल्लेख छ ।

त्यसै गरि नाट्टा पश्चिमा क्षेत्रिय संघ पोखराका महासचिब शुवास भण्डारीले जारी विज्ञप्तीमा भनिएको ट्राभल ट्रेडका पर्यटन व्यबसायीहरुलाई हर्षको उर्जा थपेको छ । त्यसका लागी सरकारलाई धन्यबाद दिदैं उक्त निर्णयको स्वागत गर्दछौं ।

कमेन्टहरु
Loading...