पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास गर्न उपसमिति गठन

पोखरा २३ चैत्र / पोखरा अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास गर्ने चाजा पाजो मिलाउन विभिन्न उपसमिति गठन भएका छन् । विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिको आयोजनामा मंगलवार सम्पन्न छलफलबाटबैंशाख १ गते हुने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास कार्यक्रमको लागि विभिन्न उपसमिति गरेको हो ।

विमानस्थल शिलान्यासको लागि यसअघि गठित मुल समितिको माताहातमा रहने गरी १४ वटा उपसमिति गठन गरिएको हो । जस अनुसार स्वागत तथा अतिथि सत्कारमा पोखरा उद्योग वाणिज्य संघ, नागरिक परिचालनमा पोखरा उपमहानगरपालिका, प्रचारप्रसारमा पत्रकार महासंघ कास्की, सास्कृतिक भेषभुषा र वाजागाजामा पोखरा पर्यटन परिषद्, र्यालीमा नगर महिला समन्वय समितिलाई संयोजक तोकिएको छ ।

त्यस्तै मञ्च व्यवस्थापनमा आयोजना कार्यालय, लेखनाथको नागरिक परिचालनमा लेखनाथ उद्योग वाणिज्य संघ, निर्माणस्थल वरपरका वडाको स्थानिय परिचालन, सुरक्षा व्यवस्थापनमा नेपाल प्रहरी, आपतकालिन लगायत अन्य सेवाको लागि जिल्ला प्रशासन कार्यालय, पत्राचारको लागि पोखरा उद्योग वाणिज्य संघका समन्वयमा होटलसंघ लगायतका संस्था, अन्य जिल्ला समन्वयमा आनन्दराज मुल्मी, गाउ समन्ययमा जिल्ला विकास समिति र यातायात व्यवस्थापनको लागि यातायात सम्बन्धि संघसंस्थालाई संयोजक तोकिएको छ ।

विमानस्थल शिलान्यसको मिति तय गर्न यसअघिचैत्र १८ गते वसेको बैंठकबाट उच्चस्तरिय सहयोग समितिका संयोजक सांसद रविन्द्र अधिकारी मुल समितिको संयोजक रहेको समिति गठन गरिएको थियो । समितिका संयोजक अधिकारीले सबै उपसमितिले आ आफ्नो जिम्मेवारी कुशलताको साथ पूरा गर्ने विश्वास ब्यक्त गरे । समितिका संयोजक संस्था एबं ब्यक्तिहरुले आफ्नो भागमा परेको जिम्मेवारी पूरा गर्दै शिलान्यास समारोहलाई भव्य वनाउने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै सम्पूर्ण राजनितिक दलका प्रमुख एबं प्रतिनिधिहरुले शिलान्यास कार्यक्रम सफल पार्न आ आफ्नो पार्टीको तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता जनाए । छलफलमा सहभागिहरुले सबै पार्टी, संघसंस्था र क्षेत्रको सहभागि हुने गरी शिलान्यास कार्यक्रम सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए ।

विमानस्थलको सबै पार्टीका प्रमुखहरुको उपस्थितिमा प्रधानमन्त्री केपी ओलीले शिलान्यास गर्ने सहमति भएको छ । शिलान्यासमा चिनियाँ उच्चस्तरिय प्रतिनिधिमण्डलको पनि सहभागिता रहने अधिकारीले जानकारी दिए ।

आयोजना प्रमुख प्रदिप अधिकारीका अनुसार विमानस्थलको लागि आवश्यक थप ५ सय २१ रोपनी जग्गामा ४ सय ६० रोपनी अधिग्रहण गरिसकिएको छ । जग्गा अधिग्रहण र मुआव्जा वितरणको काम ९० प्रतिशत भन्दा बढी सकिएको छ ।

कमेन्टहरु
Loading...