पोखरा विमानस्थल निर्माणमा फड्को, रनवे एक महिनामा सकिने

पोखरा, ३ पुष/ राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थलको निर्माण तोकिएको भन्दा ६ महिना पहिले नै सक्ने गरि कामलाई तीव्र पारिएको छ । अहिले सम्म २० प्रतिशन काम सम्पन्न भइसेको छ ।

सन् २०२१ को जुलाई १० मा सक्नुपर्ने सम्झौता भए पनि तोकिएको समय भन्दा ६ महिना अघि नै सक्ने गरी युद्धस्तरमा काम भइरहेको चनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईका साइड म्यानेजर मिस्टर झुले जानकारी दिए ।

अहिले विमानस्थलको रनवे, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चढ्ने र ओर्लने स्थान), ट्याक्सी पार्किङ, नाला निर्माण, ह्याङगर निर्माण, जमिन सम्याउने लगायतका काम तीव्र गतिमा भइरहेको ठेकेदार कम्पनी सीएएमसीईका जनसम्पर्क अधिकारी कृष्ण चापागाईंले बताए । अहिले चिनियाँ एक सय जना मजदुर र नेपाली तीन सय गरी चार सय जनाले काम गरिरहेको पनि उनले बताए ।

सन् २०१७ को नोभेम्बर महिनादेखि विमानस्थलको निर्माण सुरु भएको काम सन् २०१९ भित्र ६० प्रतिशतभन्दा बढी काम सकिने र सन् २०२० भित्र सबै काम सकिने गरी काम भइरहेको साइड म्यानेजर झुले बताए । विमानस्थल निर्माण छिटो सम्पन्न गर्ने नाउँमा गुणस्तरमा सम्झौता भने नहुने उनले सुनाए । अहिले रनवेको थर्ड लेबलको काम अन्तिम चरणमा पुगेको पनि उनले जानकारी दिए ।

एक महिनाभित्र थर्ड लेबलको काम सबै सकिने र सन् २०१९ को ६ महिनाभित्र रनवेको सम्पूर्ण काम सकिने गरी काम भइरहेको पनि उनले बताए । पोखरा अन्तराष्ट्रिय विमानस्थलको रनवे ढलान गरी निर्माण भइरहेको छ । विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्वायर मिटरमा बन्नेछ । आठ हजार स्क्वायर मिटर अन्तराष्ट्रिय उडानका लागि र ६ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि प्रयोग गरीने छ ।

टर्मिनल भवनमा वार्षिक पाँच लाख क्षमताको हुनेछ । यसको साथै अर्को छुट्टै टर्मिनल भवन पनि निर्माण गरिने पनि नागरिक उड्डयन प्राधिकरणले बताएको छ । सन् २०२१ को जुलाईसम्म पोखरा अन्तराष्ट्रिय विमानस्थलको काम सकेर सञ्चालनमा ल्याउने गरी निर्माण तालिका बनाएर काम अघि बढेको हो । पोखरा महानगरपालिका १० र १४ मा पर्ने जमिनमा चिनियाँ ठेकेदार कम्पनी सीएएमसीईले काम गरेको छ । निर्माण कम्पनीले १० जुलाई २०२१ मा विमानस्थल निर्माण सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने छ ।

झन्डै २२ अर्ब रुपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ । अन्तराष्ट्रिय उड्यान संस्था (आइकाओ) को मापदण्ड अनुसार फोरडी मोडलमा पर्ने पोखरा विमानस्थल निर्माण पूरा भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन् । दुई हजार पाँच सय मिटर लामो धावनमार्ग हुने विमानस्थलमा आउनेजाने ती विमानको यात्रु क्षमता एक सय ९२ हाराहारीमा हुनेछ ।

कमेन्टहरु
Loading...