पोखरा विमानस्थल सञ्चालनमा विदेशी खोज्दै सरकार

काठमाडौं, ४ कात्तिक / पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन गर्न विदेशी खोज्ने तयारीमा सरकार जुटेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अहिले निर्माणाधिन अन्तराष्ट्रिय विमानस्थल सञ्चालन गर्न विदेशीको खोजी गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।

प्राधिकरण निकट अधिकारीहरुका अनुसार भैरहवा विमानस्थल सञ्चालनका लागि जर्मन कम्पनीसँग छलफल अन्तिम चरणमा पुगेको छ । प्राधिकरणले अहिले विमानस्थल सञ्चालनको जिम्मा दिंदा आम्दानी बाँडफाँडको मोडालिटीका बारेमा आन्तरिक अध्ययन गरिरहेको छ ।

मन्त्रालयले पोखरा विमानस्थल सञ्चालनका लागि पनि विदेशी कम्पनी खोजी गर्न निर्देशन दिएको छ । सरकारले जीटुजी प्रक्रियाबाट अपरेटर खोजी गर्ने तयारी गरेको हो । भैरहवा विमानस्थल सन् २०२० को पहिलो महिनाबाट निर्माण सम्पन्न भएर सञ्चालनका लागि तयार हुने बताइएको छ ।

पोखरा विमानस्थलको भौतिक कामको प्रगति ५० प्रतिशत पुगेको छ। सन् २०२० को अन्तिमसम्म निर्माण सम्पन्न गरिसक्ने चिनियाँ ठेकेदारले जानकारी गराएको छ । सेतोपाटी डटकमबाट साभार

कमेन्टहरु
Loading...