संविधान दिवसको अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङको शुभकामना

पोखरा, ३ असोज /सविधान दिवसको अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुव्वा गुरुङले शुभकामना

दिएका छन् । असोज ३ गतेको परेको सविधान दिवसको अवसरमा शुभकामना दिएका हुन् । उनले नेपाली

जनताको लामो संघर्ष र वलिदानबाट गठित संविधान सभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको

संविधानको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख,

शान्तिएवं समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपालको संविधान बमोजिम संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्न भै तीनै तहको सरकारहरु

संचालनमा रहेको यो घडी संविधानको कार्यान्वयन र संघीयताको सुदृढीकरण एवं विकासको लागि महत्वपूर्ण

रहेको छ । संविधान बमोजिम प्राप्त अधिकार र कर्तव्यको पालना गर्दे प्रदेशको विकास र समृद्धिको लागि

गण्डकी प्रदेश सरकार प्रयत्नशील रहेको छ । प्रदेश सरकार संचालनका लागि आवश्यक कानून र संगठन

संरचनाको निर्माण, नीति तथा कार्यक्रम र बजेटको तर्जुमा गरी कार्यान्वयन भइरहेको छ । यिनै नीति तथा

कार्यक्रम तथा बजेटको कार्यन्वयनबाट ूसमृद्ध प्रदेश, सुखी जनताूको नारा साकार पार्न यो संविधान दिवसले

हामी सवैलाई प्रेरणा मिलोस भनि कामना गर्दछु ।

अन्त्यमा राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमिकता र स्वाधीनता,राष्ट्रिय हित रसामाजिक सदभाव्

कायम भई स्थिरता, शान्ति सुव्यवस्थाका माध्यमबाट समृद्ध प्रदेश, सुखी जनताको महान अभियानमा सवैको

सहयोग र समर्थनको अपेक्षा गर्दे संविधान दिवसको अवसरमा सवै नेपालीहरुलाई हार्दिक शुभकामना व्यक्त

गर्दछु ।

 

कमेन्टहरु
Loading...