प्याराग्लाईडिङको तेस्रो राउण्ड सकिदाँ नेपाल चौथो स्थानमा

पोखरा, १२ भदौ /१८ औ एशियाडमा प्याराग्लाइडिङमा गरिएको पदकको आशा कमजोर बन्दै गएको छ । तेस्रो

राउण्डमा उत्कृष्ठ प्रदर्शन गरेपनि अन्तत नेपाल पुरुष क्रसकन्ट्री टिम इभेण्टमा चौथो स्थानमा झरेको छ ।

अघिल्लो दुईदिनको भन्दा राम्रो प्रदर्शन गरेको नेपाली टिमले तेस्रो राउण्डमा २८४४ अंक जोड्दै दोस्रो स्थानमा

रह्यो । तर समग्रमा ५७९३ अंकसहित चौथो स्थानमा झर्न पुग्यो ।

अफिसियल शैलेन रावतका अनुसार तेस्रो दिनको टास्कमा कप्तान विमल अधिकारीले ८६५ अंक जोड् । विजय

गौतमले २४६, युकेश गुरुङले ८९१ र विशाल थापाले ८४२ अंक जोड्का थिए । महिला तर्फको प्रतिस्पर्धामा भने

नेपाली टिम छैटौं स्थानमा पुगेको छ ।

इण्डोनेसियाले शीर्षस्थानमै छ । उनले तेस्रो राउण्ड समाप्तीसम्म आईपुग्दा ६३०८ अंक छ । दोस्रो स्थानमा

जापान उक्लिएको छ । जापानले पनि ६०६१ अंक जोड्यो । सोमबारको तेस्रो राउण्डमा जापान भने ३२९६ अंक

जोडेपछि दोस्रो स्थानमा उक्लिन सफल भएको हो । कोरियाले तेस्रो स्थानमा पुगेको छ । तेस्रो राउण्डको टास्क

सकिदाँ २६१९ अंक जोड्दै तेस्रो स्थानमा रहदाँ नेपाल भने दोस्रो राउण्डमा खराब प्रदर्शनले तल झर्न बाध्य भयो ।

महिला तर्फ भने नेपाली टिम पाँचौ स्थानमा छ । दोस्रो राउण्ड सकिदाँ राउण्ड सकिदाँ नेपालले ३५३ अंक जोड्दै

पाँचौ स्थानमा झनै पुग्यो । कोरियाले दोस्रो राउण्डमा ४०८ अंक जोड्दै शीर्षस्थानमै छ । जापान दोस्रो स्थानमा

रहने क्रममा दोस्रो राउण्डमा ४०५ अंक बटुल्यो । इण्डोनेसियाले आईतबारको दोस्रो राउण्डमा भने ५०३ अंक

जोडेपनि तेस्रो स्थानमै रहेको छ ।

इण्डोनेसियाको गुनुङ मास पानकाकमा आयोजित प्रतिस्पर्धामा पुरुष टिम क्रस कन्ट्रीमा विमल अधिकारी,

शुशिल गुरुङ, युकेश गुरुङ, विजय गौतम र विशाल थापा छन् । त्यसैगरी महिला क्रसकन्ट्रीमा त्रिशा श्रेष्ठ,

प्रतिभा भुजेल र सविता तामाङले प्रतिस्पर्धामा छन् । मंगलबार उनीहरुले अन्तिम प्रतिस्पर्धा गर्ने छन् ।

कमेन्टहरु
Loading...