काठमाडौमा सहित विभिन्न ठाउँमा वर्षा, पोखरामा पनि पर्ने

काठमाडौं, २२ वैशाख /बुधबार काठमाडौं उपत्यका सहित देशका अधिकांश क्षेत्र वर्षा भएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश ठाउँमा बुधबार वर्षा भएको र यो क्रम पर्सिसम्म जारी रहने महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् राजु प्रधाङ्गले बिहीबार पनि उपत्यका सहित देशका पूर्वी भेगमा वर्षा हुने बताए। ‘क्षणिक वर्षा हुने क्रम पर्सि साँझसम्म चल्ने देखिन्छ’, प्रधानाङ्गले भने।

पोखरामा पनि हल्का वर्षा हुने हावापानी कार्यालय पोखराका प्रमुख राजाराम ढकालले जानकारी दिए । उनले मेग गर्जन र हावा हुरि समेत लाग्ने बताए । पोखरामा सबै क्षेत्रमा पानी पर्दछ भने छैनन तर पनि बुधबार र बिहीबार पोखरामा पानी पर्ने सम्भावना छ उनको भनाई छ ।

कमेन्टहरु
Loading...