पञ्चासे केवलकारमा गैरआवासीय नेपालीले ४२ करोड लगानी गर्ने

पर्वत १९ फागुन /पञ्चासेमा पर्यटन प्रवद्धन गर्ने लक्ष्यसहित केबलकार सहितको पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजनामा गैरआवासीय नेपालीले ४० करोड रुपैया भन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

संयुक्त अरब इमिरेट्स (युएइ) मा भएको पर्वत समाज अन्तराष्ट्रियको भेलामा पञ्चासे केवलकारमा लगानी गर्न गैरआवासीय नेपालीले प्रतिबद्धता जनाएका हुन् । पोखरा महानगरपालिका ३३ डुडेको फाटँबाट पञ्चासेसमम केवलबार र पर्यटकीय पूर्वाधार बनाउने लक्ष्य रहेको छ ।

भेलामा गैरआवासीय नेपालीले लगानीको प्रतिबद्धता व्यक्त गरेको पञ्चासे केबलकार एण्ड टुर्स लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । अष्ट्रेलियामा बस्ने पर्वतका बासीन्दाले २० करोड रुपैया, बेलायत र युरोपेली देशबाट १० करोड, बेल्जियमबाट १० करोड र कतारबाट २ करोड रुपैया लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

परियोजना सम्पन्न गर्न ११ अर्ब ५० करोड लागत सम्पन्न गर्ने लक्ष्य रहेको छ । चार अर्ब ५५ करोड शेयरमध्ये दुई अर्ब ७३ करोड प्रर्वधक शेयरबाट सङ्कलन गर्ने लक्ष्य राखिएको छ । यसका लागि अहिले प्रभावित क्षेत्र, देश विदेशमा लगानी जुटाउने काम भइरहेको छ । रु एक अर्ब ८२ करोड भने शेयर निष्कासनबाट सङ्कलन गर्ने लक्ष्य छ ।

विसं २०७६ माघभित्रमा सम्पूर्ण प्रक्रिया पूरा गरी केबलकार निर्माणको काम शुरु गर्ने योजना छ । पञ्चासे क्षेत्रको प्राकृतिक स्वरुपलाई यथास्थानमा राखेर, पर्यटन पूर्वाधार निर्माण गर्न नगरपालिका र गाउँपालिका एवं नेपाल सरकारसँग करीब तीन हजार रोपनी जग्गा भाडामा लिने गरी प्रक्रिया अगाडि बढिरहेको कम्पनीले जनाएको छ ।

कमेन्टहरु
Loading...