पामे रोपाई महोत्सवको अवसरमा आयोजीत दौडको उपाधी बुढालाई

पोखरा, १६ असार/रोपाई महोत्सवको अवसरमा पारेर आयोजना गरेको ७ किलोमिटर फन दौडमा पुरुष तर्फ शसस्त्र प्रहरी बलका विष्णुबहादुर बुढा प्रथम भएका छन् । पोखरा १८ खहरेबाट शुरु भएको दौड पामेको रोपाई महोत्सव स्थलमा पुगेर टुंगिएको थियो ।

७ किलोमिटरको दुरीलाई बुढाले २७ मिनेटमा पुरा गर्दै प्रथम भएका हुन् । दौडमा शसस्त्र बलकै सोमेश हमाल भने २७ मिनेट १० सेकेण्डमा पुरा गर्दै दोस्रो स्थानमा चित्त बुझाए । राजविर ठोकर भने २८ मिनेटमा पुरा गर्दै तेस्रो स्थानमा रहे ।

महिला तर्फको प्रतिस्पर्धामा ३३ मिनेटमा दौड पुरा गर्दै शसस्त्र प्रहरी बलकै पूर्णलक्ष्मी न्यौपाने प्रथम भएकी छन् । स्थानीय पोखरास्थित खहरेकी अनिता राई दोस्रो स्थानमा आईन् । उनले दौड पुरा गर्न ३५ मिनेटको समय लगाईन् ।

खहरेकै अस्मिता बुढाले तेस्रो स्थान कब्जा गर्ने क्रममा ३५ मिनेट २ सेकेण्डको समय लगाईन् । उमेर समूहको प्रतिस्पर्धा अन्तर्गत यु–१६ तर्फको प्रतिस्पर्धामा पुष्पराज पराजुलीले ३२ मिनेटमा पुरा गर्दै प्रथम भएका थिए । उनी पामेका हुन् ।

भेट्रान्स तर्फको प्रतिस्पर्धामा भने ४२ व्र्षिय डा. देव थापाले ५१ मिनेटको समयमा पार गर्दै प्रथम भए । त्यसैगरी ५४ मिनेटको समय लगाउँदै तुलबहादुर गुरुङ उपविजेताको रुपमा रहे । पोखरा ट्रेल रेस सिरिजको आयोजना र व्यवस्थापनमा आयोजित दौडमा महिला तथा पुरुष गरी ५६ जना धावकहरुले प्रतिस्पर्धा गरेका थिए ।

विजेता धावकहरुलाई पुरुष तथा महिलालाई नगद ५/५,दोस्रो हुने महिला तथा पुरुषलाई ३/३ र तेस्रो हुनेलाई १/१हजार नगद पुरस्कार प्रदान गरिएको थियो । पामेको फेवाक्लबको आयोजनामा पामेमा रोपाई महोत्सव आयोजना गरिएको थियो ।

कमेन्टहरु
Loading...