पत्रकार ओम हमालको रिहाइको माग गर्दै धर्ना र ज्ञापनपत्र

पोखरा, १८ भदौ/ पोखराका पत्रकार ओम हमालको रिहाइको माग गर्दै पोखराका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय कास्की अगाडि धर्ना दिएका भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाएका छन् ।

नेपाल पत्रकार महासंघ कास्कीको अगुवाईमा प्रशासनको मूल गेटमा बुधबार धर्ना दिइएको हो । धर्ना पनि हमालको रिहाइको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापालाई कास्की प्रशान मार्फत ज्ञापन पत्र बुझाइएको छन् ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाइएका हुन् ।

नेपाल पत्रकार महासंघ कास्की शाखाका साधारण सदस्य रहेका पत्रकार हमाललाई गैरकानूनी रुपमा थुनामा राखिएकोले तुरुन्त बिना सर्त रिहाई गर्नुपर्ने माग पत्रकारहरुको रहेको छ ।

विप्लव समूहको कार्यकर्ताको आरोपमा पत्रकार हमाल भदौ ६ गते कास्कीको शिशुवाबाट पक्राउ परेका थिए ।

उनलाई रिहा गर्न सर्वोच्च अदालते मंगलबार बन्दी प्रत्यक्षीकरण रिट जारी गरेको थियो । तर, रिहा भएलगत्तै सर्वोच्च अदालतको गेटबाटै प्रहरीले फेरि पक्राउ गरेको थियो । पत्रकार हमाल जनसञ्चार डट कमका सम्पादक हुन् ।

कमेन्टहरु
Loading...