कास्की उपनिर्वाचनः नेकपा प्रदेशले विद्यासँगै प्यासी र राजकाजीको उम्मेदवार सिफारिस

पोखरा, १३ कार्तिक / कास्की २ को उपनिर्वाचनका लागि नेकपा कास्कीले रवीन्द्र पत्नी विद्या भट्टराईलाई निर्विरोध उम्मेदवारमा सिफारिस गरेपनि नेकपा गण्डकी प्रदेशले उल्ट्याउदै २ जना थपेर उम्मेदवार केन्द्रमा सिफारिस गरिएको छ ।

विद्यासँगै प्रदेश कमिटीले सोमनाथ अधिकारी प्यासी र राजकाजी गुरुङ करणको नाम पनि थप गरेको हो । कात्तिक ९ गते भएको प्रदेश कमिटी बैठकमा यसबारे बहस भएको थियो ।

मुख्यमन्त्रीसमेत रहेका प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङको जोडबलमा ३ जनाको नाम सिफारिस भएको १ नेताले बताए ।

तत्कालीन पर्यटनमन्त्री रन्वीद्र अधिकारी निर्वाचित भएको कास्की २ सहित देशका विभिन्न स्थानमा मंसिर १४ गते उपनिर्वाचन हुँदै छ ।

कमेन्टहरु
Loading...