दललाई मनि र मसल भन्दा माइन्डले निर्देशित हुन आयुक्तको आग्रह

पोखरा, १८ कात्तिक / प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचमा दलहरुले मनि र मसल भन्दा माइन्डबाट निर्देशित हुुनु आग्रह गरेका छन् ।

निर्वाचन विवाद निरुपण प्रशिक्षण कार्यक्रमलाई पोखरामा सोमबरा उद्घाटन गदै उनले विगतका निर्वाचन मनि र मसलका कारण दलहरु आलोचित हुदै आएको बताए । उनले त्यसलाई रोक्न निर्वाचन आयोग पनि लागेको बताए ।

उनले उपनिर्वाचनका लागि सबै दलहरुलाई सहभागी हुन आग्रह गरे । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनका बेला विवाद हुन सक्ने बताए । त्यसलाई समाधान गर्न दलहरु नै अगाडी बढ्नु पर्ने बताए ।

गण्डकी प्रदेशमा प्रतिनिधि सभा र प्रदेश सभा दुबैको उपनिर्वाचन हुन लागेको हुदाँ आयोगले ध्यानपुर्वक हेरेको वताए । उनले निर्वाचन सम्वधी आचार सहितालाई कडाका साथ लागु गर्ने समेत वताए ।

कार्यक्रमा प्रदेश प्रमुख सचिव गणेश पाण्डे, मुख्य निर्वाचन अधिकृतकाजी वहादुर राई,जिल्ला समन्वय समितिका प्रमुख बैन बहादुर श्रेत्री,पोखरा उपमहानगर पालिकाकी उप प्रमुख मन्जु गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी, पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगाएले निर्वाचनका बारेमा प्रस्ट पारेको थिए ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त रहेको कास्की–२ मा ७१ हजार ८ सय ७१ जना मतदाता छन् । पोखरा महानगरपालिका ११ जिल्ला रहेको कास्की २ मा ३२ निर्वाचन स्थल र ९२ मतदान केन्द्र रहेका छन् ।

कमेन्टहरु
Loading...