माल्दिभ्सले र नेपाल दोस्रो गोल गर्दै, खेल बराबरीमा खेल्दै

पोखरा, १ फागुन /निर्धारित ९० मिनेटको खेल दुई दुई गोल भएपछि नेपाल र माल्दिभ्स थप समयमा खेली रहेका छन् । १२ औं साग गेम्स अन्तरगत पुरुष फुटबलको सेमिफाइनलमा अहिले नेपाल र माल्दिभ्स भिडिरहेका छन् ।
निर्धारित समयको खेल २ं÷२ को बराबरीमा सकिएको छ । नेपालले पहिलो हाफमा २÷० अग्रता लिए पनि जोगाउन सकेन । अब खेल अतरिक्त ३० मिनेटको हुनेछ ।

खेलमा नेपालले १५ औं मिनेटमा अन्जन विष्टले गोलबाट अग्रता लिएको थियो । ३६ मिनेटमा नवयुग श्रेष्ठले गोल गरेका छन् । तर, दोस्रो हाफमा माल्दिभ्स खेलमा फर्कियो । ५२ औं मिनेटमा माल्दिभ्सले गोल गर्‍यो ।

६६ मिनेटमा नेपाल १० खेलाडीमा सिमित भएको छ । कमल श्रेष्ठले रातो कार्ड पाएका छन् । खेलको ८५ मिनेटमा माल्दिभ्सले बराबरी गोल फर्काएको छ ।

कमेन्टहरु
Loading...