नेपाली क्रिकेटको समयस्या समाधान एक हप्ता मै सदस्य –सचिब सिलवाल

पोखरा, २८ असार/राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिब रमेशकुमार सिलवालले नेपाली क्रिकेटको समस्या समाधान एक हप्ता भित्रै हुने बताएका छन् ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा सिलवालले क्रिकेट विवाद छानविनका लागि गठित समितिका सदस्य र समिति सगँ छुट्टाछुटै छलफलमा बसेर समाधान निकाल्ने बताए ।

उनले क्रिकेट विगार्न षडयन्त्र गर्नेको भण्डाफोर गर्ने समेत बताए । उनले आइसिसीमा पुगेर भए पनि क्रिकेटको समस्या समाधान गरि छाड्ने बताए ।

उनले दक्षिण एशियाली खेलकुद (साग) बेलैमा गर्न नसके आफुले सदस्य सचिब पदबाट राजिनामा दिने बताए । दक्षिण एशियाली खेलकुद (साग) र नवौ राष्ट्रिय खेलकुदका लागि निर्माण हुन लागेका पूर्वाधारहरुको निरिक्षणका लागि पोखरा आएका सदस्य सचिब सिलवालले आफु जागिर खान नआएको बताउदै काम गरेरै आगडी बढ्ने बताए ।

उनले पोखरा रंगशाला भित्र निर्माण हुन थालेको फुटबल मैदान कृत्रिम बन्न नहुने बताए । ‘प्राकृतिक मैदान बनाउनुपर्छ । हरियाली ठाँउमा कृत्रिम मैदान बनाउने होईन् ।’ उनले भने–‘आर्टिफियलमा जानु हुदैन् । नेचुरल नै बनाउनुपर्छ । यो मेरो व्यक्तिगत विचार हो ।

सम्झौतामा कसरी भएको छ त्यो हेर्नुपर्छ ।’ सदस्य सचिव सिलवालले पोखरामै अर्को वर्ष नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक पुर्वाधारको लागि काम शुरु गरिने स्पष्ट पारे । उनले अहिले साग खेलका लागि २७ मध्ये केही खेलका प्रशिक्षणका कार्यक्रमहरु सुरु भइसेको बताए ।

कमेन्टहरु
Loading...