पोखरामा जन्मीयो नेपालमा नै बढि तौल भएको शिशु

शशी पौडेल
पोखरा १८ असार /पोखरामा एक महिलाले ५ किलो ७ सय ५० ग्राम तौल भएको शिशु जन्माएकी छिन् । स्याङ्जा एलादी १ घर भई पोखरा काजीपोखरी बस्दै आएकी २८ वर्षीय लक्ष्मी गुरुङ्गले ५.७५ किलोग्रामको छोरा जन्माएकी हुन् ।

५ बजेर ४६ मिनेटमा रानीपौवा स्थित साइ अर्चना हस्पिटलमा शल्यक्रिया गरि निकालिएको शिशुको लम्बाई ५७ सेन्टिमिटर रहेको चिकित्सकले बताएका छन् । लक्ष्मीका श्रीमान् होम बहादुर गुरुङ्गका अनुसार उनीहरुको यो दोस्रो सन्तान हो । धेरै तौल भएको शिशु जन्मिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शिशुलाई अहिले एनआइसियुमा राखिएको अस्पतालका बालरोग विषेशज्ञ डाक्टर यज्ञराज सिग्देलले जानकारी दिए ।

पोखरामा जन्मीयो नेपालमा नै बढि तौल भएकोशिशु
पोखरामा जन्मीयो नेपालमा नै बढि तौल भएकोशिशु

उनले धेरै तौल भएको बच्चा जन्मिएको नेपालमा सम्भवत यो पहिलो भए बताए । आमा र बच्चा दुवैको स्वास्थ्य सामान्य रहेको अर्का डा. रामचन्द्र बास्तोलाले जानकारी दिए । ‘मैलै थाहा पाएसम्म नेपालमा हालसम्म यति धेरै तौल भएको बच्चा जन्मिएको छैन ‘ डा बास्तोलाले भने । विगत ३ वर्ष देखि पोखरामा बस्दै आएका होम बहादुर र लक्ष्मीको २ वर्षको छोरी पनि रहेकी छिन् । होम बहादुरले पोखरामा ट्याक्सी चलाउदै आएका छन् । एक महिनाअघि भारतमा ६ किलो ८ सय ग्रामको बच्चा जन्मिएको थियो ।

कमेन्टहरु
Loading...