नायिका नेहा पुनको हत्यामा संलग्न प्रक्राउ

177

पोखरा, २५ माघ/नायिका नेहा पुनको हत्यामा संलग्नलाई कास्की प्रहरीले पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार पोखरा न्युरोडका सतीश खड्गी नेहा हत्या गरेको अभियोगमा आइतबार पक्राउ परेका हुन् ।

सतीशले नेहाको हत्या गरेको स्वीकार प्रहरीसँग गरिसकेको आजको समाधान दैनिकमा खबर छ । सतीशले १८ गते राति नेहाको हत्या गरेको प्रहरी बयानमा खुलाएको छ । त्यस रात नेहा काम सकेर सतीशसँगै मोटरसाइकलमा घर फर्केकी थिइन् ।

स्रोतका अनुसार, सतीश र नेहा लेकसाइड हुँदै घर गए । सतीशले घर नजिक पुगेपछि नेहासँग यौन सम्पर्कको प्रस्ताव गरे । नेहाले मानिनन् । उनले जबरजस्ती गर्न खोजे । त्यसपछि नेहाले सतीशलाई गाली गरिन् । त्यसपछि ‘मुख छाड्छेस’ भन्दै सतीशले हेलमेट नेहाको टाउकोमा प्रहार गरे । रिसले चूर भएका सतीशले ३÷४ पटक टाउकोमा प्रहार गरेपछि नेहा त्यहीं ढलिन् । त्यसपछि सतीशले नेहालाई त्यही छाडेर हिँडे ।

माघ १९ गते मर्निङ वाक गएका सर्वसाधरणले नेहाको शव देखे र प्रहरीलाई गरे । नेहाको शव उनकै घरभन्दा ४ सय मिटर पर फालिएको थियो । उनको शव कालो पछ्यौराले छोपिएको अर्धनग्न अवस्थामा थियो । हत्या भएको भन्ने पक्का भयो तर कसरी भयो रु कसले गर्‍यो भन्ने प्रहरीलाई थाहा भएन । घटनामा संलग्नको पहिचान खुलेन । अनुसन्धानमा जुट्यो ।

त्यसपछि कास्की प्रहरीले सतीशसहित धेरैलाई अनुसन्धानको दायरामा ल्यायो । तर केही खुल्न सकेन । हत्याकै दिन प्रहरले नियन्त्रणमा लिएर सतीशसँग बयान लियो । नेहालाई १८ गते राति इन्द्र चोकमा छाडेको बयान दिए । अन्य सुराकमा कास्की प्रहरी जुटिरह्यो । अनि कास्की प्रहरीले शंका सतीशमाथि गर्‍यो । अरु दिन घरमै छाड्ने सतीशले त्यस दिन किन इन्द्रचोकमा लगेर छाड्यो । केटी मान्छेलाई त्यति राति एक्लै छाड्ने कुरै हुँदैन ।

त्यहींबाट प्रहरीले अनुसन्धान थाल्यो । सबै प्रमाण जुट्दै गर्दा सतीशले एक पछि अर्को गर्दै सबै कुरा प्रहरीसामु खुलासा गरेका हुन् । पुन हत्या छानबिन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी गजुसिद्धि बज्राचार्यको नेतृत्वमा टोली खटिएको थियो । टोलीमा प्रहरी निरीक्षकद्वय देवी पौडेल, गंगा थापा, प्रहरी नायब निरीक्षकद्वय रामबहादुर अधिकारी र सुदर्शन लम्साल र अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रहरी सहायक निरीक्षकद्वय युवराज कार्की र भद्रकृष्ण पौडेल छन् ।

Source: http://www.samadhannews.com/

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...