भ्रष्टाचारलाई टुलु टुलु हेरेर बस्ने सकिदैन–प्रमुख आयुक्त घिमिरे

पोखरा, २४ असोज /अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भ्रष्टाचारीलाई टुलु टुलु हेरेर बस्ने नसकिने

बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालय भवनको पोखरामा शिलान्यास गर्दै उनले भ्रष्टाचार गर्ने छुट कसैलाई

नभएको बताए । उनले पहिले शिक्षा क्षेत्रमा धेरै उजुरी आउने गरेकोमा अहिले भने स्थानीय निकायका उजुरी बढि आउन थालेको बताए ।

‘स्थानीय तहमा आर्थिक अनियमितता लगायतका विषयमा धेरै उजुरी परेका छन्,’ उनले भने ‘भ्रष्टाचरा गर्न कसैलाई पनि छुट छैन ।’ भ्रष्टाचार

नियन्त्रणमा आयोग सक्रियताका साथ लागेको बताउँदै उनले कुनै पनि विकास निर्माणका काम गुणस्तरीय र पारदर्शी भए, नभएको अनुसन्धान

गर्ने उनले बताए । अनुसन्धानलाई प्रभावकारी बनाउन गुणस्तर मापनका लागि छिटै ल्याब स्थापना गर्न बताए ।

उनले भ्रष्टाचार निवारणमा सबैको एकताबद्ध प्रयास आवश्यक हुने बताए । जनताले राज्यबाट पाउने सेवालाई प्रभावकारी बनाउन

कर्मचारीको सुशासन अपरिहार्य रहने बताए । प्रमुख आयुक्त घिमिरेले कर्मचारी तन्त्रले ईमान्दारका साथ काम नगरे दुई तिहाईको

सरकारले पनि केही काम गर्ने नसकेको देखिने हुदाँ इमान्दारका साथ काम गर्न आग्रह गरे ।

आयोगका सचिव महेश्वर न्यौपानेले सघिय संरचना अनुरुप आयोगको केन्द्रसहित सबै प्रदेशमा भौतिक पूर्वाधारका साथै जनशक्ति

व्यवस्थापन गरिएको बताए । मुलुकको उन्नतिमा भ्रष्टाचार प्रमुख बाधक भएको उल्लेख गर्दै आयोगको कामको प्रभावकारिताका

लागि जनशक्तिलाई तालिम प्रदान गरिएको बताए ।

गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेलले तीन तहका सरकार गठन भई काम थालिसकेको वर्तमान अवस्थामा सुशासनका

लागि आयोगको निगरानी आवश्यक हुने बताए । आयोगको पोखरा कार्यालयका प्रमुख काशीराज दाहालले नवनिर्मित भवन १४ करोड ७२

लाख ३६ हजार निमार्ण हुन लागेको बताए । भवन निमार्ण सम्पन्न गर्न २ वर्ष लाग्ने उनले बताए । मुख्य भवन र प्रहरी आवास भवन गरी

२५ वटा कोठा निमार्ण हुने छ ।

कमेन्टहरु
Loading...