पोखरा विन्ध्यवासिनी मन्दिरमा दुर्गाका नौ रुप (भिडियो सहित)

सागर राज तिमिल्सिना
पोखरा, २४ असोज /पोखराको विन्ध्यवासिनी मन्दिरमा बुधबारदेखि नवदुर्गा महोत्सव शुरु भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास

समितिको आयोजनामा महोत्सव महानवमीको दिनसम्म संचालन हुनेछ ।

महोत्सवको शुभारम्भ पछि विन्ध्यवासिनी मन्दिरवाट नवदुर्गाका नौ रुपको झांकी, एकसय आठ कलस सहितको नवदुर्गा शोभायात्रा

निकालिएको थियो । मन्दिरमा घटस्थापनाको दिन देखि सुरु गरिने नबदुर्गा महोत्सबको पुर्व सन्धयामा महोत्सबको पहिलो दिन नौ वटै

देविको रुप सहितको रथारोहण सहितको शोभायात्रा निकालेको हो ।

विन्ध्यवासिनी मन्दिर परिसरबाट सुरु भएको सो सोभायात्रापोखराको मोहरियाटोल, भैरवटोल, भिमसेन टोल, नालाको मुख, तेर्सापट्टी,

महेन्द्रपुल, चिप्लेढुङ्गा, सिद्धार्थचोक , रामकृष्णटोल हुदै पुन मन्दिरमा पुगि समापन भएको थियो ।

शोभायात्रा मोहरिया टोल, नालामुख, चिप्लेढुंगा, महेन्द्रपुल, पालिखेचोक हुंदै विन्ध्यवासिनी मन्दिरमा पुगेर सम्पन्न भएको थियो ।

शोभायात्रामा विभिन्न भजन समूह, जातीय भेषभूषा, सांस्कृतिक झांकीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट,

आमा समूह तथा विभिन्न धार्मिक, सामाजिक र शैक्षिक संघसंस्थाहरुको सहभागिता रहेको थियो ।

विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै जातीय सद्भाव तथा धार्मिक पर्यटनको विकासमा टेवा पुग्याउने उद्धेश्यले महोत्सवको

आयोजना गरिएको समितिका सदस्य सचिव तीर्थ श्रेष्ठले बताए । महोत्सवमा आजदेखि मन्दिर परिसरमा श्रीमद्भागवतदेवी ज्ञान

महायज्ञ समेत हुनेछ समितिका अध्यक्ष गणेश वहादुर श्रेष्ठले बताए ।

३ सय ६५ बर्षको ईतिहास बोकेको मन्दिरमा कास्कीको साथै अन्य जिल्लाहरुबाट दर्शनार्थीहरु आउने गर्दछन् । पोखरा आउने विदेशी

पर्यटक मध्ये करिब १ लाख बसेर्नी विन्ध्यवासीनि मन्दिर जाने गर्दछन् । नर्व दुर्गाको अवसरमा पोखराका कास्की कालीका,

तालबाराही, भद्रकाली , अकला देवी लगाएतका मन्दिरमा भक्तजनको घुइचो छ ।

पोखरामा नौ देवि सहर घुम्दै (नवदुर्गा)

पोखरामा नौ देवि सहर घुम्दै (नवदुर्गा)

Posted by Ganthan.com on Wednesday, October 10, 2018

कमेन्टहरु
Loading...