मनकामना पोखरा कपको तयारी पुरा, खेलतालिका सार्वजनीक

सागर राज तिमिल्सिना
पोखरा, २८ चैत /कास्की जिल्ला फुटबल संघको आयोजनामा पोखरामा हुने पाँचौ मनकामना केवलकार पोखरा कपको तयारी पुरा भएको छ । १२ टिमको सहभागीता रहने प्रतियोगिताको तयारी पुराभएको आइतबार पोखरामा पत्रकार सम्मेलनमा कास्की जिल्ला फुटबल संघका अध्यक्ष धरमसिंह लामिछाले जानकानी दिए ।

मनकामना पोखरा कपको तयारी पुरा, खेलतालिका सार्वजनीक
मनकामना पोखरा कपको तयारी पुरा, खेलतालिका सार्वजनीक

प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपिएफ) क्लब, ए डिभिजनका मनाङ मस्र्याङदी, थ्री स्टार, सरस्वती क्लब, र झापा–११, मोफसलको धरान–११, सिमरा–११, सिमरा–११, आयोजकको १ टिम र भारतको दिल्लि युनाइटेडले सहभागिता जनाउने जानकारी दिए ।

पोखरामा यसअघि चार संस्करण सम्पन्न भैसकेको पोखरा कप नाकाबन्दी तथा विभिन्न कारण निर्धारित समयभन्दा झण्डै ४ महिना पछि सरेको हो । चैत ३० देखि बैशाख ११ सम्म पोखरा रंगशालामा हुने फुटबल प्रतियोगिता सञ्चालन हुनेछ । आयोजकले प्रतियोगिताको खेलतालिका सार्वजनीक गरेको छ । उद्घाटन खेलमा सिमरा ११ र सशस्त्र प्रहरी बल (एपिएफ) क्लब बिच हुने छ । प्रतियोगितामा नेपाल पुलिस क्लब, थ्री स्टार क्बल, मनाङ मस्र्याङदी र भारतको दिल्लि युनाइटेडले बाइ पाएका छन् ।

प्रतियोगिताका विजेताले विजेताले ५ लाख ५ हजार ५ सय ५५, उपविजेताले २ लाख ५५ हजार ५ सय ५५ हजार नगद तथा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल दिइनेछ । उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्स, स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई जनही १५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने प्रयोगिता संयोजक मिलन गुरुङले जानकारी दिए । उनले टिकट काटेर प्रतियोगिता हेर्न दर्शकलाई गोला प्रर्था द्धारा एकजनालाई मोवाइल प्रदान गरिने जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिब ६५ लाख खर्च हुने आयोजकको अनुमान छ ।

कमेन्टहरु
Loading...