पोखरामा लायन्सको महाधिवेशन बैशाखमा हुने

पोखरा, २० फागुन /लायन्स क्लब इन्टरनेस्नल डिस्टिक ३२५ बि वान को ४ औ महाधिवेशन पोखरामा हुने भएको छ । लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारी र लायन्स क्लब अफ पोखरा सेतीगण्डकीको आयोजनामा बैशाख ४ गते पोखरामा हुन लागेको हो ।

पोखरामा लायन्सको महाधिवेशन बैशाखमा हुने
पोखरामा लायन्सको महाधिवेशन बैशाखमा हुने

क्लबले बुधबार पोखरामा पत्रकार सम्मेलन गरि महाधिवेशनको तयारी थालेको जानकारी दिएको छ । महाधिवेशनमा वाग्मती, गण्डकी र धौलागीरि अञ्चलका ६ सय ७० वटा क्लबबाट करिब २५ सय प्रतिनिधीहरुले भाग लिने महाधिवेशन आयोजक सतिमिका संयोजक दिनबन्दु पौडेलले जानकारी दिए । उनले पोखरामा आन्तरीक पर्यटक बढाउन महाधिवेशन फलदायी हुने जानकारी दिए ।

पत्रकार सम्मेलनमा लायन्स क्लब इन्टरनेस्नल डिस्टिक ३२५ बि वानका डिस्टिक गर्भनर धुबबहादुर थापाले लायन्स क्लब सामाजीक सेवामा लाग्दै आएको बताउदै भूकम्पले थलीएको पोखराको पर्यटन व्यवसायलाई महाधिवेशनले सहयोग पुग्ने बताए । ‘भूकम्प पछि लायन्स क्लबहरुले पीडितलाई ठुलो सहयोग गरेका छन्,’ उनले भने,‘भूकम्प पीडितका एक हजार घर र ३० वटा विद्यालय निमार्णमा लायन्स लागेको छ ।’

उनले कम्बल अभियान अन्तरगत करिब ८ हजार २ सय कम्बल वितरण गरेको बताए । सामाजिक क्षेत्रमा पोखरामा रहेको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा हट कियर सेन्टर र लेखनाथमा रहेको लायन्स अस्पतलामा प्रसुति र शिशु स्याहारका लागि सहयोग गर्न लागेको जानकारी दिए । उनले भूकम्पका कारण सिथिल बनेको अर्थतन्त्रका कारण महाधिबेसन हाइफाइ नबनाउने बताए ।

पत्रकार सम्मेलनमा महाधिवेशन उपसंयोजक सुचित्रा थापाले महाधिवेशन सम्पन्न गर्द करिब ७३ लाख खर्च लागेन जानकारी दिइन् । उनले गण्डकी र धौलागिरीमा ७३ क्लबमा ३ हजार ३ सय ६४ सदस्य छन् भने डिस्टिकमा १८ हजार ५ सय सदस्य रहेको बताइन् । कार्यक्रमम सम्पन्न गर्न ४६ वटा विभिन्न उपसमिति गठन गरेको लायन्स क्लब अफ पोखरा गोल्डेन चौतारी कार्यवाहक सचिब लक्ष्मीनारायाण देवकोटाले जानकारी दिए । लायन्स क्लब इन्टरनेस्नल डिस्टिक ३२५ बि वानको दुई वर्ष अगाडी पहिलो महाधिबेसन पोखरामा भएको थियो ।

कमेन्टहरु
Loading...