पोखरा, ८ जेठ, लमजुङलाई केन्द्र विन्दु बनाएर मध्ये रातमा भूकम्पको धक्का महसुुुस भएको छ ।
मंगलबार राती ११ बजेर ४७ मिनेट जादाँ लमजुङ केन्द्रविन्दु बताएर ४.१ रेक्टरस्केलको भूकम्प गएको राष्टिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
लमजुङमा गएको भूकम्पको धक्का पोखरामा पनि अनुभव गरिएको थियोे । त्यसै गरि बुधबार बिहान ३ बजेर २८ मिनेट जादाँ ३.९ रेक्टरस्कलेको भूकम्प गएको छ ।
२०७२ साल कै भूकम्पका पराकम्प भएको केन्द्रले जनाएको छ ।