पोखरामा १५ केजी चरेस सहित ४ जना पक्राउ

सागर राज तिमिल्सिना
पोखरा, ६ फागुन/लागु औषध नियन्त्रण ब्युरो पोखराले चरेसको कारोबार गर्ने गिरोहलाई पोखराबाट प्रक्राउ गरेको छ । १५ दिनको अवधिमा ब्युरोले ९ जना सहित ३० केजी ५ सय ग्राम चरेस सहित पक्राउ गरेको हो । प्रहरीले बुधबार ५ केजी चरेस सहित पोखराबाट प्रक्राउ परेका ४ जनालाई बिहीबार सार्वजनीक गरेको छ ।

पोखरामा १५ केजी चरेस सहित ४ जना पक्राउ
पोखरामा १५ केजी चरेस सहित ४ जना पक्राउ

पक्राउ पर्नेमा मकवानपुर जिल्लको आग्रा गाविसका २९ वर्षीय चन्द्रकुमार लो र सोही गाविसका ३९ वर्षीय मानबहादुर लो मुख्य कारोबारी र ३१ वर्षीय बाबुलाल गोले र २० वर्षीय सन्तोष खत्रीलाई भरीया भई पोखरामा कारोबार गर्नका लागि आएका बेला प्रक्राउ गरेको प्रहरीले जानकारी दियो । लागु औषध हो भनेर थाहा हुँदाहुँदै पैसाको लोभमा परेर गोलेले ७ केजी ५ सय ग्राम र खत्रीले पनि ७ केजी ५ सय ग्राम चरेस धार्दिङबाट पोखरा लिएर आएको लागु औषध नियन्त्रण ब्युरो पोखराका प्रमुख प्रहरी निरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए ।

चन्द्रकुमार र मानबहादुरले चरेस पोखरा पु¥याउन गोले र खत्रीलाई १० हजार दिएका थिए । गोले र खत्री चरेस पठाएपछि चन्द्र र मानबहादुर मोटरसाइकल चढेर पोखरा आएका थिए । लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार १० केजी भन्दा बढी चरेसहित पक्राउ परेकालाई २ वर्षदेखि १० वर्षसम्म जेल सजाँय र १५ हजारदेखि १ लाखसम्म जरिवाना तोकिएको छ ।

यसअघि माघ २१ गते लागु औषध नियनत्रण ब्युरो पोखराले सराङकोटबाट १५ केजी ५ सय ग्राम चरेससहित ५ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा म्याग्दी दरवाङ–५ की ५० वर्षीया विष्णुकुमारी पुन, बागलुङ हरिचौर–९ का ५५ वर्षीय सुनबहादुर घर्तीमगर, बागलुङ लेखानी–६ का ६२ वर्षीय हरि पुन, सराङकोटमा हिमालयन भ्यु गेस्ट हाउस सञ्चालन गर्ने ४६ वर्षीया सरस्वती पहारी र ४३ वर्षीया देउमाया पहारी थिए । उनीहरुलाई लागु औषध मुद्धामा उनीहरुको कारबाही अगाडि बढेको छ ।

कमेन्टहरु
Loading...