पोखरामा ठुलो मात्रामा लागूऔषध सहित एक जना पक्राउ

पोखरा, ३१ जेठ /जिल्ला प्रहरी कार्यालय कास्कीले ठुलो मात्रामा लागूऔषध सहित १ जनालाई पक्राउ गर्न गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा गाउँपालिका १० शंखमुल घर भई हाल पोखरा महानगर पालिका १० बस्ने १८ वर्षिय डेबिड तामाङ रहेका छन् ।

विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका १० गण्डकी अस्पताल नजिकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका डेबिड तामाङको साथबाट प्रहरीले डाईजापाम, फेनरागन र नुर्फिन गरी १ हजार ४ सय ६४ एम्पुल, फेन्सिडिल ३ बोरा ९३३८ बोत्तल० र नाईट्रोसन चक्की १ सय थान गरी जम्मा १ हजार ९ सय २ थान लागूऔषध सहित बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका निज डेबिड तामाङ माथि थप अनुसन्धान भईरहेको छ ।  जिल्ला प्रहरी कार्यालय कास्कीमा हालै मात्र सरुवा भई आउनु भएका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले छोटो समयमै ठुलो मात्रामा लागूऔषध कारोबारीहरुलाई पक्राउ गर्न सफल भएका छन् ।

जेठ २९ गते पोखरा महानगरपालिका १० बुद्धचोक बस्ने ३८ वर्षिया देवी कुमारी गुप्तालाई ९ सय थान लागूऔषध सहित पक्राउ गर्न सफल भएको थियो भने सोही मितिमा नै कार्की कै कमाण्डमा खटिएको प्रहरी टोलीले पोखरा स्थित उत्तमचोकबाट १५ सय थान लागूऔषध सहित गोविन्द थापालाई पक्राउ परेका थिए ।

कमेन्टहरु
Loading...