सभामुख महराद्धारा राजीनामा

पोखरा, १४ असोज / महिला हिंसा गरेको आरोप लागेका संघिय संसदका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् ।

मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै राजीनामा दिएका छन् । उनले राजीनामामा छानविनलाई सहयोग पुग्योस् भन्दै नैतिकताका आधारमा राजीनामा दिएको विज्ञप्तीमा उल्लेख छ ।

संसद सचिवालयकै एक महिला कर्मचारीले सभामुख महरामाथि यौन दुर्वयवहारको आरोप लगाएकी थिइन् ।

बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठकले महरालाई पदबाट राजीनामा दिन सुझाब दिएको थियो ।

सभामुख महराद्धारा सभामुख पदबाट राजीनामा
सभामुख महराद्धारा सभामुख पदबाट राजीनामा
कमेन्टहरु
Loading...