सगरमाथाको उचाइ मापन गर्ने खिमलाललाई पोखरामा भव्य स्वागत

सागर राज तिमिल्सिना
पोखरा, १७ जेठ/सगरमाथाको उचाइ मापन टोलीका प्रमुख तथा नापी विभागका अधिकृत खिमलाल गौतमले ज्यानको बाजी लगाएर भएपनि सगरमाथाको उचाइ मापन गरेर फर्किएको बताएका छन् ।

शुक्रबार नापी कार्यालय पोखरामा तथा आफ्नो घर फर्किएका खिमलाल गौतमले ८ हजार मिटरको उचाईमा दुई दिन बसेर भएर पनि मापनको काम सम्पन्न गरेको बताए । ८ हजार मिटर भनेको डेन्जर जोन हो त्यो ठाउँमा पनि दुई रात विएर मापनका काम सकेर नै फर्किएको बताए ।

सगरमाथाको उचाइ मापन गर्ने खिमलाल गौतमलाई पोखरामा भव्य स्वागत
सगरमाथाको उचाइ मापन गर्ने खिमलाल गौतमलाई पोखरामा भव्य स्वागत

नापी कार्यालय कास्की प्रमुख समेत रहेका गौतमलाई कार्यलयमा गरेको सम्मान कार्याक्रममा उनले सर्वोच्च शिखर सगरमाथाको उचाई मापनको ऐतिहासिक कार्य भएको बताए । उनले आखाँभरी आसु पार्दै नेपाली कर्मचारीले जस्तो सुकै काम पनि सम्पन्न गर्न सक्छने भन्ने देखाउन सफल भएको बताए ।

गौतमले सगरमाथा चढेर झन्डा फर्फराउनु भन्दा उचाइ मापनका लागि डाटा संकलन गर्नु धेरै चुनौति पुर्ण रहेको बताए । निकै चुनौतिपुर्ण ढङ्गले ८ हजार मिटरमा राष्ट्रको गौरवको लागि जिवन प्रवाह नगरि अघि बढेको उनको भनाई थियो । जेठ ८ गते सगरमाथाको चुचुरोमा पुगेको टोलीले चुचुरोमा १ घण्टा १६ मिनेट बिताएको थियो । उनले फर्किने क्रममा सगरमाथामा ट्राफिक जाम भएर करिब दुई घण्टा पर्खनु परेको बताए ।

सगरमाथाको उचाई मापनका लागि नापी विभागका प्रमुख अधिकृत खिमलाल गौतमको नेतृत्वमा चार जनाको टोली गएको थियो । जसमा अधिकृत रविन कार्की, सर्भेयर सुरजसिंह भण्डारी र अमिन युवराज धिताल थिए । टोलीलाई छिरिङ जाङ्बु शेर्पाको टोलीले गाइड गरेको थियो । उनले नापीका डाटाहरु संकलन भइरहेका कारण मंसिरमा उचाइ सार्वजनीक गर्ने बताए ।

सगरमाथाको उचाइ मापन गर्ने खिमलाल गौतमलाई पोखरामा भव्य स्वागत
सगरमाथाको उचाइ मापन गर्ने खिमलाल गौतमलाई पोखरामा भव्य स्वागत

गौतमलाई कास्की जिल्ला प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले सफल कार्यकालको स्वागत गर्दै आफनो लक्ष्य पूरा गरेर सकुसल फर्किएकोमा खुशी व्यक्त गरे । नेपालले पहिलोपटक आफ्नै स्रोत र साधनमा सगरमाथाको उचाई मापन गर्नु आफैंमा गौरवमय भएको बताए ।

२०७२ सालमा गएको भूकम्पपछि सगरमाथाको उचाई घटबढ भएको हुनसक्ने विषयमा अन्तराष्र्टि«य बहस शुरु भएपछि नेपालले पहिलो पटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाई नाप्ने काम गरेको हो । गत चैत २७ गते नापी विभागको टोली आधार शिविर प्रस्थान गरेको थियो ।

कास्कीको माछापुच्छे गाउँपालिकामा जन्मिएका गौतमलाई शुक्रबार नै गाउँपालिकाले पनि सम्मान गरेको छ । शुक्रबार नै एचआइभि संक्रमित गोपाल श्रेष्ठले सगरमाथाको सफल आरोहण गरेर पोखरा फर्किएका छन् । उनलाई पनि पोखरा विमानस्थलमा विभिन्न संघ सस्थाले स्वागत गरेका छन् ।

सगरमाथाको उचाइ मापन गर्ने खिमलाल गौतमलाई पोखरामा भव्य स्वागत

सगरमाथाको उचाइ मापन गर्ने खिमलाल गौतमलाई पोखरामा भव्य स्वागत

Posted by Ganthan.com on Friday, May 31, 2019

कमेन्टहरु
Loading...