कास्की क्षेत्र नम्बर–२ उपनिर्वाचनको तयारी, मतदाता बढे

सागर राज तिमिल्सिना
पोखरा, २७ साउन /मंसिर १४ गते हुने उपनिर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालय कास्कीले तयारी थालेको छ । निर्वाचन आयोगले रिक्त रहेका स्थानमा मंसिर १४ गते निर्वाचनको लागि मतदाता संकलनसँगै अद्यावधिक गर्ने गरेको छ ।

कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनको मतदाताको नामावली केन्द्रमा पठाई सकिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले जानकारी दिए । उनले करिब दुई हजार मतदाता थपिएको बताए ।

कास्की क्षेत्र नम्बर २ मा अघिल्लो निर्वाचनमा ७० हजार ६ सय ५१ मतदाता थिए । अहिले उपनिर्वाचनमा ७२ हजार २ सय मातदाता संख्या पुगेको उनले बताए ।

उपनिर्वाचन हुने कास्कीको निर्वाचन क्षेत्र– २ मा पोखरा महानगरपालिकाका ११ वटा वडा पर्दछन् । कास्की क्षेत्र नं २ बाट निर्वाचित सँस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि क्षेत्र रिक्त रहेको हो । कास्कीसँगै अन्य जिल्लाका रिक्त क्षेत्रमा उपनिर्वाचन गर्ने निर्णय घोषणा गरिसकेको छ ।

कास्की क्षेत्र नम्बर–२ उपनिर्वाचनको तयारी, मतदाता बढे
कास्की क्षेत्र नम्बर–२ उपनिर्वाचनको तयारी, मतदाता बढे

कास्की २ मा ३२ निर्वाचन स्थल र ८२ वटा केन्द्रहरु अघिल्लो निर्वाचनमा भएपनि यस वर्ष केन्द्र थपिने उनले बताए । अघिल्लो निर्वाचनमा रविन्द्र अधिकारीले नेपाली काँग्रेसका उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतले पराजित गरेका थिए । अधिकारीले २७ हजार २ सय ७ मत प्राप्त गरेका थिए भने चालिसेले १८ हजार ६ सय ६१ मत प्राप्त गरेको तथ्यांक छ ।

अघिल्लो निर्वाचनमा ७० हजार ६ सय ५१ मतमा ४९ हजार ९ सय ६ मत खसेको थियो । त्यसमध्ये ४७ हजार ९ सय ८८ मत सदर भएको जिल्ला निर्वाचन कार्यालय कास्कीले जनाएको छ । १३ जना उम्मेदवारले विभिन्न राजनीतिक पार्टीबाट उम्मेदवारी दिएका थिए ।

गण्डकी प्रदेशमा बाग्लुङको क्षेत्र नं २ खबाट गण्डकी प्रदेश सांसद टेकबहादुर घर्तीको निधन भएपछि रित्त रहेको छ । तीन वडाध्यक्षको लागि नवलपुरको बौदिकाली वडा नं ५, लमजुङ सुन्दरबजार– २, बाग्लुङ बडीगाड गाँउपालिका २ मा उपनिर्वाचन हुने छ ।

कमेन्टहरु
Loading...