कास्की लिग सत्य, संगम, ड्यामसाईड र नागढुङगा विजयी

पोखरा, २७ माघ/पोखरामा रगंशालामा जारी स्व. बलराम केसी स्मृती रेडबुल जिल्लास्तीय लिग फुटवल प्रतियोगितामा सत्ययुवा क्लब, संगम, ड्याम साईड र नागढुंगा युवा क्लब विजयी भएका छन् ।

बुधबार सम्पन्न पहिलो खेलमा सत्य युबा क्लबले नयाँगाउँ युवा क्लबलाई ४–१ को जित निकाल्दै समूह घ को शिर्षस्थानमा उक्लेको छ । सत्यको जितमा गोविन गुरुङले व्यक्तिगत तिन गोल गर्दै ह्याट्रिक पुरा गरे भने क्षितिज रन्जितले एक थपे । नयाँगाउँका लागि एक गोल सुदिप गुरुङले गरे ।

समूह घ कै अर्को खेलमा नागढुङगा युवा क्लबले ढिकुरपोखरी युवा सञ्जाल एपेक्सलाई ६–२ गोलको फराकिलो अन्र्तरले पाखा लगायो । नागढुङगाको जितमा सफल थापा र अजिज मियाँले तिन÷तिन गोल गदै ह्याट्रिक पुरा गरे । ढिकुरपोखरीका लागि रविन्द्र कुवरँले २ गोल गरेर खेलमा फर्किन खोजे पनि जितका लागि पयाप्त भएन । जित सगँ नागढुङगा युवा क्लब ३ अंक सहित समुह घ दोस्रो स्थानमा छ । त्यसै गरी नयाँगाँउ तिन अंकका साथ तेस्रो र ढिकुरपोखरी चौथो स्थानमा रहेका छन् ।

बुधबार नै भएको समूह ग को खेलमा ड्यामसाइड क्लबले आर्दश क्लब भण्डाढिकलाई १–० गोलको कठिन जित निकाल्दै विजयी भएको छ । प्रतिस्पर्धात्म खेलमा ड्यामसाइडको लागि सिन्केमान तामाङले निर्णायक गोल गरे । समूह ग कै अर्को खेलमा संगम फुटबल क्लबले हेम्जा युनाईटेडलाई ३–२ गोलले हराएको छ । संगमको जितमा विश्व अधिकारी, विमल राना र अन्जन देवकोटाले एक÷एक गोलको योगदान दिए । हेम्जाका लागि एक मात्र गोल विकास कुवँरले गरे । जित सगै संगम ६ अंकका साथ शिर्षस्थानमा नै छ । आर्दश क्लब ३ अंक सहित दोस्रो, ड्यामसाइड ३ अंक सहित तेस्रो र हेम्जा युनाइटेड चौथो स्थानमा रहेका छन्

प्रतियोगिता अन्र्तगत बिहीबार सहारा विरुद्ध एलजी, गार्डेन विरुद्ध भ्याली, इन्द्रेणी विरुद्ध विष्णुपादुका र नवआर्दश विरुद्ध डेभिज फल्स खेल्ने छन् ।

कमेन्टहरु
Loading...