कास्की गुप्तकालीका मन्दिरमा फुलपाती भित्राइयौँ

पोखरा, १९ असोज / कास्की जिल्लाको एैतिहासिक ठाउँ कास्कीकोट गुप्तकालीका मन्दीरमा सप्तमीको दिन पोखराको रामघाटबाट लिएर गएको फुलपत्र सहित नव पत्रिका मन्दिर प्रवेश गराइएको छ ।

प्राचीन हातहतियार ढाल, तरवार, खुडा, खुकुरी सहित कुवँरहरुले सरुन खेल प्रर्दशन गरेको गुप्तकाली धार्मीक क्षेत्र विकास समितीका सचिव ठाकुर प्रसाद त्रिपाठी जानकारी दिनु भयो । फुल पाती वढाई गर्दै नगरा, राग मालश्री समेत प्रस्तुगरीएको त्रिपाठी वताए ।

घस्टस्थापना देखि विशेष पुजा पाठ भईरहेको छ । कोतमै वसेर विभिन्न जातका पूजारीहरु मन्दीर मा दशमि सम्म पुजा गर्ने प्रचलन छ । कोतघरमा विहान देखि नव दुर्गाका स्तुती तथा मालश्री गायन तथा मंगल धुनहरु सुनाईन्छ । विभिीन्न वाजा टयान्को, सनाई,दमाहा,नरसीहा,ठुलो धोप,सानो धोप,सारङगी लगायतका वाजा को धुनमा कुवँरहरुले आफ्नो सैनीक कला प्रर्दशन गरेका छन् ।

सप्तमिको दीनको घाम अस्ताउने वेलामा डोली लाई विधिपुर्वक कोतमा लगिन्छ र अष्ठमीको मध्य रातमा कालरात्रीको पुजा गरि नवमिको दिनमा पञ्चवलीहरु दिन कास्की, स्याङजा, तनहू, पर्वत, चितवन देखि मानीसहरु आउने गर्दछन् ।

दशमीको दिनमा कोटमा टिका लगाएर डोली वास्पानी भन्ने ठाउँमा सेलाईने प्रचलन रहि आएको छ । यस्पालीको दशै मा भतm जनहरुलाई सुवीधा हुने तरिकाले व्यवस्थापन गरिएको समितीका अध्क्षय दिलिप विक्रम शाहीले जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...