२८ वर्ष फेरी नेपाल आएका जापानीजले भने पोखराको आतिथ्य सत्कार उस्तै रहेछ

श्यामराना मगर
पोखरा, १९ पुस /पुसको मध्य समय । फेवातालको चिसो स्याँठ । हाइनेकमाथि ज्याकेट र मखुलर लगाउँदा पनि जाडो थेग्न सकि रहेको थिएन । लेकसाइड स्ट्रिट फेस्टिबलको माहोलले ताति रहेको थियो । रेस्टुरेन्टहरु अगाडि थरि थरिका मेनु सजाउँदै थिए, पस्किदैं थिए । र, हामी कफी गफमा जुट्दै थियौ होटल रानी बन एन्ड आर्केडको रुफटफमा ।

मिस्टर फुमिहिरो योसिओका जापानी नागरिक हामीसँग कफी गफमा थिए । भाषा अनुवाद गरेर सहयोग गर्दै थिए ब्ल्याक एन्ड ह्वाइट रेस्टुरेन्टका सञ्चालक दिल गौतम ।

‘उहाँहरु पत्रकार,’ हामीतर्फ इशारा गर्दै थिए दिल गौतम । नबुझे पनि पक्कै यही भनेको हुनूपर्छ भन्ने लख काटे । फुमिहिरोले हामीतर्फ हात अघि बढाए । ‘नाइस टु मिट यु,’ मैले भने । प्रत्युत्तरमा उनी मुस्कुराए ।

‘ल, कुरा अघि बढाऔं,’ भेटको औपचारिकता सकिए पछि मैले भने । दिल दाईले जापनिज भाषामा के के भने खोई ? मैले त्यति मेसो पाईन । फुमिहिरोले ब्यागबाट फोटो निकाले ।

सन् १९९० उनी पहिलो पटक पोखरा आएका रहेछन् । त्यही फोटो थियो उनीसँग । पहिलो पटक पोखरा आउँदा उनी २७ वर्षका रहेछन् । उनी बोल्दै थिए । दिल दाई हामीलाई बुझाउदै । रङ उप्किन लागेको बिन्ध्यवासिनी चलचित्र हल, धम्पुस, माछापुछ्रेका तस्बिर उनीसँग सुरक्षित रहेछन् ।

त्यतिबेला १ महिना उनले पोखरामै बिताएछन् । दिल दाइ बुझाउदै थिए, उनी संसारका जति पनि ठाउँ घुमे । तर, नेपाल जस्तो अन्तकतै लागेन छ । माछापुछ्रेको प्रतिबिम्ब फेवातालमा देख्न पाउँदा उनलाई असाध्यै रमाइलो लाग्छ ।

म पहिले पटक आउँदा भन्दा धेरै कुरा परिवर्तन भए छ । फुमिहिरो बोल्दै थिए दिल दाई बुझाउँदै । तर, यहाँको पाहुनालाई स्वागत गर्ने सँस्कृति परिवर्तन नभएको रहे छ । यस्तै रहनु परिवर्तन नहुनू । सहरहरु विकसीत हुदैजा परिर्वन हुनु अनौठो होइन तर सस्कार र संस्कृति फेरीनु हुदैन ।

‘के म तिमी सँग भएका फोटो मेरो क्यामेरामा उतार्न सक्छु ?’ मैले भने ।

उनले अनुमति दिई सकेपछि उनीसँग भएका कलेक्सन खिचिक खिचिक पारे ।

तपाईंहरुसँग पनि फोटो लिने रे ! दिल दाईले भनेपछि ग्रुप फोटो लियौ ।

‘अब फेरि ३० वर्षपछि मेमायर बनाउँन ?’ हरि भुजेलको प्रश्न ।

त्यसपछि एकैछिन हाँसोको फोहोरा छुट्यो । ‘होइन, अब १ वर्षपछि फर्किन्छु,’ फुमिहिरोले भने दिल दाइले बुझाए, ‘यसपालि १ हप्ता मै फर्किनु पर्ने छ ।’

कमेन्टहरु
Loading...